Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्रश्न निर्माणको गुणस्तर बढाउन प्याब्सन केन्द्रद्वारा एकदिने कार्यशाला आयोजना

प्रश्न निर्माणको गुणस्तर बढाउन प्याब्सन केन्द्रद्वारा एकदिने कार्यशाला आयोजना

  • 444
    SHARES

  • प्रश्न निर्माणको गुणस्तर बढाउन प्याब्सन केन्द्रद्वारा एकदिने कार्यशाला आयोजना

    काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (PABSON/ प्याब्सन) केन्द्रले एक दिने प्रश्नपत्र निर्माण सम्बन्धी कार्यशाला (One-Day Workshop On Item Writing) सम्पन्न गरेको छ। आइतवार गौसालास्थित बेस्ट वेस्टर्न होटलमा  बिषय शिक्षकहरुको उपस्थितिमा उक्त कार्यशाला सम्पन्न भएको हो।

    IMG-20251222-WA0088~2.jpg

    कार्यशाला प्याब्सनका उपाध्यक्ष किशोर गौतमको सभापतत्वमा सम्पन्न भयो। कार्यक्रमको बिशिस्ट अतिथि प्याब्सन सह-अध्यक्ष गोपाल प्रसाद आचार्य रहेका थिए। उक्त कार्यशालामा विभिन्न विद्यालयका करिब १५० जना बिषय शिक्षकहरूको सहभागिता रहेको थियो।

    कार्यक्रममा प्रश्नपत्र निर्माणका सैद्धान्तिक तथा व्यावहारिक आधारबारे प्रशिक्षण दिन तत्कालीन पाठ्यक्रम विकास केन्द्रका उपमहानिर्देशक तथा क्षिक्षक सेवा आयोगका सचिव हरि प्रसाद निरौला र पाठ्यक्रम बिकास केन्द्रका अधिकृत नारायण प्रसाद झा प्यानलिस्टको रूपमा उपस्थित थिए।

    IMG-20251222-WA0045~2.jpg

    शिक्षकहरूको क्षमता अभिवृद्धि, व्यवस्थित मूल्यांकन पद्धति, पाठ्यक्रम अनुकूल प्रश्न निर्माण तथा गुणस्तरीय परीक्षण प्रणाली सुनिश्चित गर्ने उद्देश्यसँगै कार्यशाला आयोजना गरिएको काठमाडौँ जिल्ला पारिक्षा संयोजक तथा जिल्ला वरिष्ठ उपाध्यक्ष सुदर्शन थापाले बताउनुभयो।

    IMG-20251222-WA0062.jpg

    कार्यक्रममा शैक्षिक मूल्यांकनका आधार, परीक्षण विधि, पाठ्यक्रमअनुसार प्रश्न निर्माणका मापदण्ड तथा नतिजा आधारित मूल्यांकन प्रणालीबारे प्रशिक्षण प्रदान गरिएको थियो। परीक्षाको गुणस्तर सुनिश्चित गर्न तथा विद्यार्थीको सीप, ज्ञान र विश्लेषण क्षमता मापन गर्न कार्यशालाले महत्वपूर्ण भूमिका खेलेको प्रशिक्षणमा सहभागी शिक्षकहरूले बताए।

    कार्यशाला सम्पन्नपछि सहभागी शिक्षकहरूले आगामी परीक्षामा व्यवस्थित, मापनीय र उद्देश्यअनुकूल प्रश्नपत्र निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन। कार्यशालाले भावी परीक्षामा प्रभावकारी, उद्देश्यपूर्ण र मापनयोग्य प्रश्नपत्र निर्माणमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरिएको छ।

    IMG-20251222-WA0097.jpg

    कार्यशाला गोष्ठीमा बिशिस्ट अतिथि गोपाल प्रसाद आचार्यले कक्षा कोठामा पढाएर मात्रै शिक्षकको कर्तव्य पूरा नहुने भन्दै पाठ्यक्रमको उद्देश्य पूरा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रश्नपत्र निर्माण प्रक्रिया वैज्ञानिक हुनुपर्ने र शिक्षकले हचुवामा नभई विद्यार्थीको वास्तविक ज्ञानको तह मापन गर्नसक्ने गरी प्रश्नपत्र निर्माण र आन्तरिक मूल्यांकनमा ध्यान दिनुपर्ने बताउनुभयो ।

    IMG-20251222-WA0082~2.jpg

    साथै प्याब्सन बागमती प्रदेश अध्यक्ष मुरारी प्रकाश संजेलले शुभकामना मन्तव्य दिनुभएको थियो। उहाँले विद्यार्थी असफल हुँदा शिक्षकलाई सबैभन्दा बढी दोष आउने भन्दै पाठ्यक्रमले निर्दिष्ट गरेका उद्देश्यहरु के कति हासिल भयो भनी मापन गर्ने प्रमुख आधार नै परीक्षा भएकोले प्रश्नपत्रको स्तरीयतामा विशेष ख्याल गर्नु पर्नेमा जोड दिनुभयो।

    IMG-20251222-WA0086.jpgIMG-20251222-WA0077.jpgIMG-20251222-WA0057.jpg

    images
    सोमवार, पौष ७ २०८२१०:१०:३०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार