Oct 03 2026 | २०८३, आश्विन १७ गते

अत्यधिक जाडो बढेपछि गौरका विद्यालयमा पुस ११ गतेसम्म बिदा

अत्यधिक जाडो बढेपछि गौरका विद्यालयमा पुस ११ गतेसम्म बिदा

  • 441
    SHARES

  • अत्यधिक जाडो बढेपछि गौरका विद्यालयमा पुस ११ गतेसम्म बिदा

    काठमाडौँ- अत्यधिक जाडो बढेका कारण रौतहटको गौर नगरपालिकाले गौर नगर क्षेत्रभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बिदा दिने निर्णय गरेको छ। सोमबार एक सूचना जारी गदै पालिकाले आज (मंगलबार)देखि पुस ११ गतेसम्मका लागि विद्यालयमा बिदा दिएको हो।

    ४ दिनदेखि अत्यधिक चिसो बढेका कारण विद्यालयमा पठनपाठनमा असहजता भई बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै गौर नगर क्षेत्रभरिका सम्पूर्ण विद्यालयमा बिदा दिइएको गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासकुमार ठाकुरले जानकारी दिए।

    बर्खे बिदाबाट कट्टा हुनेगरी विद्यालयमा बिदा दिइएको हो। केही दिनदेखि बढेको शीतलहर र चिसोका कारण रौतहटसहित तराई मधेसको जनजीवन कष्टकर बनेको छ।

    images
    मंगलवार, पौष ८ २०८२०७:१०:५०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार