Oct 03 2026 | २०८३, आश्विन १७ गते

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान

  • 450
    SHARES

  • राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान

    काठमाडौँ। नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बिहीबार सूचना जारी गर्दै पहिलोपटक प्रकाशित भएको सूचनाकाे मितिले १५ दिनभित्र अर्थात् २०८२ साल पुस २४ गतेभित्र दरखास्त दिन आह्वान गरेको हाे।

    शिक्षा ऐन, २०२८ को दफा ४ क. अनुसार माध्यमिक शिक्षा परीक्षाको सञ्चालन, समन्वय तथा व्यवस्थापनका लागि राष्ट्रिय परीक्षा बोर्डको व्यवस्था गरिएको ऐन बमोजिम मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी शिक्षा तथा परीक्षा सम्बन्धी क्षेत्रमा न्यूनतम १२ वर्षको अनुभव प्राप्त व्यक्तिमध्येबाट सिफारिस समितिको सिफारिसमा नेपाल सरकारले बोर्डको अध्यक्ष नियुक्त गर्ने कानुनी व्यवस्था छ।

    उम्मेदवार कुनै राजनीतिक दलको सदस्य नभएको, राष्ट्रिय परीक्षा बोर्डसँग कुनै किसिमको स्वार्थको द्वन्द्व नभएको तथा राष्ट्रिय परीक्षा बोर्ड नियमावली, २०७६ अनुसार अयोग्य नठहरिएको हुनुपर्ने सूचनामा उल्लेख छ।

    सूचना अनुसार दरखास्तका साथ नागरिकता, शैक्षिक योग्यताका प्रमाणपत्र, शिक्षा तथा परीक्षा क्षेत्रमा काम गरेको अनुभव खुल्ने कागजात, स्वघोषणा पत्र, अवधारणा पत्र र चारबर्से व्यावसायिक कार्ययोजना पेस गर्नुपर्नेछ। अवधारणा पत्र र कार्ययोजना छुट्टाछुट्टै सिलबन्दी खाममा तीन–तीन प्रति पेस गर्नुपर्ने छ।

    उम्मेदवारको मूल्यांकन ‘राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्न गठित सिफारिस समितिको बैठक र छनोट सम्बन्धी कार्यविधि, २०८२’ बमोजिम गरिनेछ। गलत वा अपूरा कागजात पेस गरेमा जुनसुकै चरणमा पनि दरखास्त रद्द हुन सक्ने चेतावनी दिइएको छ।

    दरखास्त फाराम, अवधारणा पत्र तथा कार्ययोजनाका नमुना शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ।

    FB_IMG_1766651155457.jpg

    images
    शुक्रवार, पौष ११ २०८२०७:४४:३०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार