आइतवार, आषाढ २० २०७८
कक्षा ११ को परिक्षा भौतिक उपस्तिथिमा हुने : परिक्षा हलमा २५ जना भन्दा बढी राख्न नपाइने ! काठमाडौं उपत्यका प्रशासनले भौतिक उपस्थिति मै परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
उपत्यका अन्तरगत काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
तर एउटा परीक्षा हलमा २५ जनाभन्दा बढी राख्न नपाइने भनिएको छ । धेरै राख्नुपर्ने भए दुई सिफ्टमा सञ्चालन गर्न भनिएको छ । परीक्षा सञ्चालन गर्ने क्रममा जनस्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भनिएको छ ।
यससँगै उपत्यकाका विद्यालयहरूलाई कक्षा ११ को परीक्षा भौतिक उपस्थितिमै गर्न बाटो खुलेको छ ।


