आइतवार, पौष १३ २०८२
१३ पुस/ काठमाडौँ। उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को नवौं महाधिवेशन सम्पन्न भएको छ। हिसान केन्द्रको पुष ११ र १२ गते काठमाडौँमा सम्पन्न भएको हो।
नवौं महाधिवेशनबाट अध्यक्ष पदमा युवराज शर्मा र महासचिवमा रामहरि सिलवाल विजयी भएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा डा. स्वागत श्रेष्ठ र टंकराज आचार्य निर्वाचन द्वारा विजयी भएका छन् ।

अध्यक्ष पदमा तत्कालीन वरिष्ठ उपाध्यक्ष युवराज शर्मा र महासचिव लोकराज भण्डारीको प्रतिस्पर्धा गरेको थिए । शर्माले १६० मत ल्याएर अध्यक्ष भएका छन् भने भण्डारीले १०६ मत प्राप्त गरेका थिए । यसैगरी महासचिव पदका लागि जयराम खनाल र रामहरी सिलवालले प्रतिस्पर्धा गरेका थिए । सिलवाल १४८ मतसहित विजय भएका छन् । साथै खनालले ११८ मत ल्याएका थिए ।
११ जना उपाध्यक्षहरुलाई निर्वाचन प्रक्रिया अन्तर्गत कार्य समितिको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गर्ने उम्मेदवार मध्येका सर्वसम्मत र निर्वाचित कार्य समितिको घोषणा गरिएको थियो। जसमध्ये आर.वि. अधिकारी, ऋषी तिवारी, डोलराज पाण्डे, धरणीधर अधिकारी, नरेन्द्र बहादुर अधिकारी, मुकुन्द घिमिरे, राजेन्द्र अधिकारी, विरेन्द्र जयना श्रेष्ठ, विष्णुराज पौडेल, सुमन गोपाल आचार्य र हरिचन्द्र लामिछाने रहेका छन्।
त्यसैगरी ७ सचिवका जना लागि ९ जना प्रतिस्पर्धामा थिए। सचिवमा, कृष्ण प्रसाद पौडेल १४३, जीवन लामा गोले १६७, पारश श्रेष्ठ १४५, भवानी प्रसाद पौडेल २१९, यम बहादुर रोका १४५, राजेश कार्की १४३, बलराम पन्त १५५ मत सहित विजयी भएका छन्।

कोषाध्यक्षमा शिव प्रसाद अधिकारि निर्विरोध निर्वाचित भएका छन्। यस्तै सह-कोषाध्यक्षमा शंकर भट्टराई निर्वाचित भएका छन्।
यस्तै, खुला तर्फ केन्द्रिय सदस्यमा - केपि पन्त, केशव प्रसाद दंगाल, दिवाकर जैसि, हरीकृष्ण अर्याल, आजिवन सदस्यबाट - शिव प्रसाद सुवेदी, कोशी प्रदेशबाट - केशव खड्का, गुणराज अधिकारी, सागर प्रसाद भट्टराइ, मधेश प्रदेशबाट- मुकेश प्रसाद गुप्ता, वावुसाहेव यादव, लुम्बिनी प्रदेशबाट - उत्तमराज घिमिरे, गणेश भण्डारी, दिनेश भुषाल, कर्णाली प्रदेशबाट - प्रेम वहादुर दसुनी, सुदूरपश्चिम प्रदेशबाट डा. भोजराज पन्त निर्विरोध निर्वाचित भएका छन्।
