आइतवार, पौष १३ २०८२
काठमाडौँ । डिन (DEAAN) अन्तर्गतका विद्यालयहरूका प्रि–कक्षा शिक्षकहरूका लागि प्रारम्भिक बालशिक्षा (Early Childhood Education) विषयक एकदिने कार्यशाला/ तालिम सम्पन्न गरेको छ। शनिवार विनसम इङ्गलिस बोर्डिङ स्कुलमा युरेका पब्लिकेसन्सको सहयोगमा उक्त कार्यशाला / तालिम सम्पन्न भएको हो।

डिनका अध्यक्ष तथा प्याब्सन काठमाडौँका सह–कोषाध्यक्ष अनिलकुमार सुब्बाको सभापतत्व तथा प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङको प्रमुख अतिथ्यमा सम्पन्न भयो। त्यस्तै विशेष अतिथिहरूमा प्याब्सन काठमाडौँ तथा डिनका सल्लाहकार गोविन्द फ्याक लिम्बु, प्याब्सन काठमाडौँका उपाध्यक्ष तथा डिनका प्रमुख सल्लाहकार सूर्यबहादुर भण्डारी, युरेका पब्लिकेशनका मार्केटिङ डाइरेक्टर भुपाल पौडेल र डिनका वरिष्ठ उपाध्यक्ष राजेश लिम्बु रहनुभएको थियो।

कार्यक्रमको सञ्चालन डिन तालिम विभागका सचिव रवी भण्डारी ले गर्नुभएको थियो भने डिनका उपाध्यक्ष तथा तालिम विभाग प्रमुख राजनकुमार श्रेष्ठ ले स्वागत मन्तव्य राख्नुभएको थियो।
तालिमको सहजीकरण अनुभवी प्रशिक्षक प्रमिता गुरुङ ले गर्नुभएको थियो। उक्त कार्यशालामा डिन सदस्य १५ विद्यालय बाट १२४ जना शिक्षकहरू को सहभागिता रहेको थियो। साथै, डिन सदस्य विद्यालयहरूको तर्फबाट कमल पाण्डे, तोया रानामगर, हरी लावती र सरोज नेपाल को समेत उपस्थिति रहेको थियो।

तालिमले प्रारम्भिक बालशिक्षामा बालमैत्री शिक्षण विधि, कक्षा व्यवस्थापन र व्यवहारिक सिकाइका अभ्यासहरूमा शिक्षकहरूको क्षमता अभिवृद्धि हुने अपेक्षा गरिएको छ।

