Jul 27 2026 | २०८३, श्रावण ११ गते

विद्यालय परामर्शदाताहरूको राष्ट्रिय सम्मेलन भोलि काठमाडौंमा

विद्यालय परामर्शदाताहरूको राष्ट्रिय सम्मेलन भोलि काठमाडौंमा

  • 1.1K
    SHARES

  • विद्यालय परामर्शदाताहरूको राष्ट्रिय सम्मेलन भोलि काठमाडौंमा

    काठमाडौं । विद्यालयमा परामर्श सेवालाई विद्यालय संस्कृतिको अभिन्न अङ्गका रूपमा स्थापित गर्ने उद्देश्यसहित स्कूल काउन्सिलर शिखर सम्मेलन - २०२५ भोलि पुस १५ गते काठमाडौंको बुढानिलकण्ठस्थित इम्पेरियल वर्ल्ड स्कुलमा आयोजना हुँदैछ।

    “School Counseling as a School Culture” (विद्यालय संस्कृतिको रूपमा विद्यालय परामर्श) भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त सम्मेलन काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशन अन्तर्गतको स्कूल परामर्श र कल्याण सहायता केन्द्र (School Counseling and Wellbeing Support Center) ले इम्पेरियल वर्ल्ड स्कुलसँगको सहकार्यमा गर्न लागेको हो।

    सम्मेलनको प्रमुख आकर्षणका रूपमा राजेश खड्का, FCCA, Certified Workplace Mental Health & Wellbeing Instructor को मुख्य वक्ता (Keynote Address) रहनेछ। उहाँले “विद्यालयीय परिवेशमा आध्यात्मिकता (Spirituality in Educational Setting)” विषयमा धारणा प्रस्तुत गर्नुहुनेछ। यसले विद्यालयमा विद्यार्थी तथा शिक्षकको मानसिक स्वास्थ्य, मूल्य–बोध र समग्र कल्याणमा आध्यात्मिक दृष्टिकोणको भूमिकालाई उजागर गर्ने अपेक्षा गरिएको छ।

    सम्मेलनमा ८ वटा अनुसन्धानपत्र प्रस्तुति रहनेछन। अभ्यासकर्ताहरूको संवाद (Practitioners’ Dialogues) सत्र तथा चिन्तनशील शिक्षा र मनोवैज्ञानिक कल्याणको जर्नल (Journal of Contemplative Education and Psychological Wellbeing) जर्नलको दोस्रो संस्करण विमोचन गरिने कार्यक्रम रहेको छ। अभ्यासकर्ताहरूको संवाद (Practitioners’ Dialogues) सत्रमा विद्यालय परामर्शको व्यवहारिक अनुभव, चुनौती र सम्भावनाबारे गहिरो छलफल गरिनेछ।उक्त संवाद सत्रको संयोजक (Moderator) डा. चेतनाथ पन्त रहनुहुनेछ। प्यानलिस्टका रूपमा पार्वती पाण्डे (Senior Field Clinical Supervisor - TPO Nepal) चितवन, तपस्या बुढाथोकी (School Counselor - Ullens School) काठमाडौं तथा युक्त आर्याल (Principal, Mount Everest English School पोखरा) ले आ–आफ्नो अनुभव र दृष्टिकोण साझा गर्नुहुनेछ।

    बिहान ८:०० बजेदेखि बेलुका ४:०० बजेसम्म सञ्चालन हुने यो सम्मेलन विद्यालय प्रमुख, शिक्षक, विद्यालय परामर्शदाता, मनोपरामर्शक, अनुसन्धानकर्ता तथा शिक्षा क्षेत्रमा कार्यरत सरोकारवालाहरूका लागि उपयोगी हुने कार्यक्रम प्रमुख डा. श्रीकृष्ण वाग्लेले जानकारी दिनुभयो।

    सम्मेलनका संयोजक माधवप्रसाद खतिवडाका अनुसार उक्त सम्मेलनले नेपालमा विद्यालय परामर्शलाई केवल सेवा मात्र नभई विद्यालयको समग्र संस्कृति र अभ्यासका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

    IMG-20251229-WA0002.jpgIMG-20251229-WA0004.jpg

    images
    सोमवार, पौष १४ २०८२०१:४६:१४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार