Jul 27 2026 | २०८३, श्रावण ११ गते

अत्यधिक जाडोका कारण भरतपुर महानगरका विद्यालय १६ गते बन्द रहने

अत्यधिक जाडोका कारण भरतपुर महानगरका विद्यालय १६ गते बन्द रहने

  • 407
    SHARES

  • अत्यधिक जाडोका कारण भरतपुर महानगरका विद्यालय १६ गते बन्द रहने

    १४, पुस/ चितवन । अत्यधिक जाडो भएपछि भरतपुर महानगरपालिकाले पुस १६ गते विद्यालय बन्द गर्ने घोष्णा गरेका छन्।

    महानगरको आज बसेको बैठकले केही दिनदेखि बढेको अत्यधिक चिसोका कारण जनजीवन प्रभावित भैरहेको र बालबालिकाहरूको विद्यालय आवागमन तथा पठनपाठनमा समेत समस्या भएकाले विद्यालय सञ्चालनका लागि कठिन भएको भन्ने जनगुनासो समेतलाई मध्यनजर गर्दै स्थानीय जनप्रतिनिधिहरू, अभिभावक, विद्यालय र सरोकारवालाहरूको सुझावका आधारमा मिति २०८२/०९/१६ गतेका दिन भरतपुर महानगरपालिका भित्र सञ्चालित सम्पूर्ण विद्यालयहरू (पूर्वप्रायमिक/मन्टेश्वरी समेत) बिदा गर्ने निर्णय गरेको जानाएको छ।

    साथै बिदाको अवधिमा आफ्ना बालबालिकाहरूलाई चिसोबाट बचाउन आवश्यक सावधानी अपनाउन सबै अभिभावकहरूलाई अनुरोध समेत गरेको छ।

    FB_IMG_1767011544018.jpg

    images
    सोमवार, पौष १४ २०८२०६:३१:०८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार