बुधवार, पौष १६ २०८२
सुनसरी । सुनसरीम शितलहरका कारण अत्यधिक चिसो बढेपछि विद्यालय पुस १६ बाट १८ गतेसम्म विद्यालयमा बिदा दिइएको छ। शितलहरको प्रभाव बढ्दै गएपछि सुनसरीका सबै स्थानीय तहले सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिएका हुन ।
इटहरी उपमहानगरपालिकाले मीन पचास बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गरिएको जनाएको छ । उपमहानगरका शिक्षा शाखा प्रमुख रमेशकुमार शाहका अनुसार चिसोका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।
यहाँका इनरुवा, दुहवी, कोशी गाउँपालिका, हरिनगरारामधुनी, दुहवीलगायत सुनसरीका सबै विद्यालयहरू सञ्चित वार्षिक बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गर्ने निर्णय दिइएको जनाइएका छन् । स्थानीय तहहरूले बालबालिकालाई घरमै न्यानो अवस्थामा राख्न अभिभावकलाई आग्रह गरेका छन् । चिसो बढेपछि आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।