Jul 27 2026 | २०८३, श्रावण ११ गते

राष्ट्रिय टोपी दिवससँगै विद्यार्थी उत्प्रेरणा कार्यक्रम।

राष्ट्रिय टोपी दिवससँगै विद्यार्थी उत्प्रेरणा कार्यक्रम।

  • 714
    SHARES

  • राष्ट्रिय टोपी दिवससँगै विद्यार्थी उत्प्रेरणा कार्यक्रम।

    काठमाडौं । राष्ट्रिय टोपी दिवसको अवसरमा एड–मार्क स्कुल/कलेज (एकेडेमी) ले विद्यार्थी लक्षित उत्प्रेरणा कार्यक्रम आयोजना गरेको छ। बुधबार कलंकीको एक पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रममा कक्षा ११ र १२ का करिब ५ सयभन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो।

    IMG-20260101-WA0170.jpg

    एड–मार्क एकेडेमीका व्यवस्थापन समिति अध्यक्ष पुरुषोत्तम अधिकारीको सभापतित्वमा जीवन दर्शन र सकारात्मक सोचका विषयमा प्रेरणादायी विचार प्रस्तुत गर्ने मोटिभेसनल स्पिकर डा. रबिन कटुवालको बिशेष आतिथ्य रहेको थियो। साथै उक्त कार्यक्रममा स्कुल/कलेजका प्राचार्य शिवप्रसाद अधिकारी, सह–प्राचार्य प्रकाश लम्साल, संयोजक बलराम गैरे, परीक्षा संयोजक माधवप्रसाद उप्रेती, प्रशासकीय अधिकृत दीपक अधिकारीलगायत शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

    IMG-20260101-WA0165.jpg

    मोटिभेसनल स्पिकर डा. रबिन कटुवालले करिब २ घण्टा लामो प्रशिक्षण प्रदान गर्दै जीवनमा संघर्ष गर्ने व्यक्तिले मात्र सफलता प्राप्त गर्ने धारणा व्यक्त गर्नुभयो। परिश्रम गरे नेपालमै अवसरको प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै उहाँले विद्यार्थीहरूलाई भविष्यका लक्ष्य अहिले नै तय गरी त्यसअनुसार तयारी गर्न आग्रह गर्नुभयो। “आफ्नो लक्ष्य स्पष्ट बनाउनुहोस्, त्यसअनुसार पढ्नुहोस्, सफलता आफैं पछ्याउँदै आउँछ,” उहाँले भन्नुभयो। उहाँले ग्लोबल सिटिजन बन्नुभन्दा पहिले देशको सभ्य र जिम्मेवार नागरिक बन्न विद्यार्थीहरूलाई सुझाव दिनुभयो।

    IMG-20260101-WA0122.jpg

    डा. कटुवालले युवाहरू विदेशिन हतार गर्नुको कारण आफ्नै देशका स्रोत–साधनबारे पर्याप्त जानकारी नहुनु भएको उल्लेख गर्नुभयो। आफ्नै देशमा परिश्रम गर्न लजाउने तर विदेशमा तेस्रो दर्जाको नागरिक भएर सामान्य काम गर्न तयार हुने प्रवृत्ति दुःखद भएको उहाँको भनाइ थियो। साथै, सफलता प्राप्त गर्न सोचमा परिवर्तन र आत्मविश्वास आवश्यक हुने कुरामा उहाँले जोड दिनुभयो।

    उक्त कार्यक्रममा विद्यार्थीहरूले पालना गर्नुपर्ने अनुशासन, व्यक्तित्व विकास, असल बानी–व्यवहार, अभिभावकप्रतिको जिम्मेवारी, संस्कार र संस्कृति, काम र पढाइबीचको समन्वयलगायत विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।

    IMG-20260101-WA0112.jpg

    कार्यक्रममा प्राचार्य शिवप्रसाद अधिकारीले शुभकामना मन्तव्य दिनुभयो। उहाँले राष्ट्रिय टोपी दिवसले नेपालीहरूमा राष्ट्रप्रतिको प्रेम र पहिचान झन् बलियो बनाउने र विद्यार्थीहरूलाई अनुशासित, संस्कारित र अध्ययन–अध्यापनप्रति प्रेरित गर्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।

    IMG-20260101-WA0151.jpg

    कार्यक्रमपछि सहभागी विद्यार्थीहरूले प्राप्त ज्ञान र सकारात्मक सन्देशले आफूहरू थप प्रेरित भएको प्रतिक्रिया दिएका छन्। करिब तीन घण्टासम्म निरन्तर रूपमा सहभागी भई विद्यार्थीहरूले मोटिभेसनल स्पिकर डा. रबिन कटुवालका प्रेरणादायी विचारहरू ध्यानपूर्वक सुनेका थिए।

    IMG-20260101-WA0177.jpgIMG-20260101-WA0121.jpgIMG_9954.JPGIMG_9944.JPGIMG_9770.JPG

    images
    बिहिवार, पौष १७ २०८२०९:०८:०२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार