शुक्रवार, पौष १८ २०८२
१८, पुस/ काठमाडौँ- त्रिभुवन विश्वविद्यालयअन्तर्गतको विश्वभाषा क्याम्पस, प्रदर्शनीमार्गले हिउँदे सत्रका लागि विभिन्न भाषाका कक्षामा नयाँ भर्नाका लागि आवेदन खुला गरेको छ। आगामि माघ १९ गतेदेखि कक्षा सञ्चालन हुने गरी भर्ना प्रक्रिया सुरु गरिएको हो।
क्याम्पसले चिनियाँ, फ्रेन्च, जर्मन, स्पेनिस, जापानिज, रसियन, इटाली, कोरियन, अरबिक, हिब्रु, प्रारम्भिक अंग्रेजी तथा लेखन अंग्रेजी भाष पढ्न इच्छुक व्यक्तिले आगामि मिति पुस २३ गतेदेखि माघ ०७ गतेसम्म आवेदन फारम बुझ्सौन सक्ने छन्। फाराम बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बुझाउन सकिनेछ।
अंग्रेजी लेखन बाहेक अन्य सबै भाषाका लागि न्यूनतम शैक्षिक योग्यता एस.एल.सी. वा एस.ई.ई.मा कम्तीमा “C” ग्रेड वा सो सरह उत्तीर्ण हुनुपर्नेछ भने अंग्रेजी लेखनका लागि स्नातक वा सो सरह उत्तीर्ण भएको हुनुपर्ने व्यवस्था गरिएको छ।
भर्नाका लागि आउँदा विद्यार्थीहरूले अनिवार्य रूपमा सक्कल प्रमाणपत्र देखाई प्रतिलिपि रुजु गराउनुपर्नेछ। दोस्रोदेखि छैटौं सेमेष्टरसम्मको भर्ना माघ १८ गतेदेखि माघ २५ गतेसम्म हुने क्याम्पसले जनाएको छ।
त्यसैगरी, लेभल टेस्टको फाराम वितरण माघ ४ गतेदेखि ८ गतेसम्म हुनेछ भने परीक्षा माघ १३ गते सञ्चालन गरिनेछ। त्रि.वि.को निर्णयअनुसार तोकिएको भर्ना समयबाहेक अन्य समयमा भर्ना नलिइने क्याम्पसले स्पष्ट पारेको छ।
