Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिभुवन बिश्वबिद्धालय

त्रिविको शिक्षाशास्त्र संकाय केन्द्रीय विभागमा नयाँ बिषय एमएसएसईडी कार्यक्रम सुरु ।

त्रिविको शिक्षाशास्त्र संकाय केन्द्रीय विभागमा नयाँ बिषय एमएसएसईडी कार्यक्रम सुरु ।

  • 2.6K
    SHARES

  • त्रिविको शिक्षाशास्त्र संकाय केन्द्रीय विभागमा नयाँ बिषय  एमएसएसईडी कार्यक्रम सुरु ।

    त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र संकायले यस शैक्षिकसत्र देखि शुरु हुनेगरी स्नातकोत्तर तहमा मास्टर अफ सोसियल स्टडिज एजुकेसन (एमएसएसईडी / MSSED) विषयमा नयाँ कार्यक्रम सुरु गरेको छ ।

    शिक्षाशास्त्र सांकाय केन्द्रीय विभागले यस वर्षदेखि प्रत्यक्ष र अनलाईन (मिश्रित) दुबै माध्यमबाट सञ्चालन हुने गरी यो कार्यक्रम सुरु गरेको हो । यस अगाडि माध्यमिक तहमा पठनपाठन हुने विषयमा तालिम प्राप्त जनशक्ति उत्पादन गर्दै आएको छ ।

    विद्यालय तहदेखि नै समाजशास्त्र विषयलाई अनिवार्य गरिएपछि सो विषयमा तालिम प्राप्त शिक्षक तथा प्रशिक्षक उत्पादन गर्ने उद्देश्यले विभागले यो कार्यक्रम सञ्चालनमा ल्याएको शिक्षाशास्त्र संकायका सहायक डिन बलराम रायमाझीले जानकारी दिए । ‘केन्द्रीय विभागमा मात्र यो वर्ष पढाइहुने र जम्मा ६ सेमेस्टरमा यो कार्यक्रम पुरा हुन्छ ।’ रायमाझीले भने, ‘माध्यमिक तहका विषयमा समेटिएका विषयवस्तुलाई उच्च शिक्षामा समावेश गरेर स्नातकोत्तर तहमा यो कार्यक्रम ल्याइएको हो ।’

    यो कार्यक्रममा महिला, जनजाति, पिछडिएको वर्ग, दलित लगायतका वर्गीकृत समूहका सात जना छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिने बताइएको छ । एमएसएसईडी अध्ययन गरेका विद्यार्थी विद्यालयदेखि विश्वविद्यालय तहका शिक्षक उत्पादन हुन्छन् । यसका अलावा यो विषय अध्ययन गरेका विद्यार्थीले सरकारी तथा गैरसरकारी संघसंस्थामा रोजगारीको अवसर पाउने छन् । यो शैक्षिकशत्र कीर्तिपुरमा मात्र पढाइ हुनेछ । यसको स्कोप बृहत छ।

    एमएसएसईडीमा नर्या भर्नाका लागि त्रिविले आवेदन माग गरी सकेकोछ । शिक्षाशास्त्रतर्फ स्नातक तह उत्तीर्ण गरेका वा एक वर्षे बिएड उत्तीर्ण गरेका विद्यार्थीहरुले यो कार्यक्रममा आवेदन दिन सक्ने जानकारी दिएको छ ।

    यो कार्यक्रममा सहभागी हुन चाहने इच्छुक विद्यार्थीले देखि आगामी साउन१८ गते सम्म भर्नाक लागि आवेदन दिन सक्ने डिन कार्यालयले जानकारी दिएको छ । इच्छुक विदार्थीले दोब्बर दस्तरतिर साउन २५ गते सम्म आवेदन दिने सक्ने डिन कार्यालयले जानकारी दियो ।

    एमएसएसईडीको प्रवेश परीक्षा आगामी साउन ३० गते सञ्चालन गरी नतिजा भदौ पाँच गते सार्वजनिक गर्ने सूचना जारी गरिसकेको छ ।

    यो पनि पढ्नुस्

    खुला तथा दूरशिक्षा प्रणालीबाट सञ्चालन हुँदै आएको एमएड कार्यकक्रम बन्द ।

    त्रिभुवन बिश्वबिद्धालयले २०६९ सालदेखि सानोठिमी क्याम्पस, सूर्य नारायण सत्य नारायण मोरबैता यादब बहुमुखि (सुसमोयाब) क्याम्पस सिरहा, गोरखा क्याम्पस गोरखा, बुटवल बहुमुखी क्याम्पस, बुटवल, सुर्खेत क्याम्पस, सुर्खेत र डडेल्धुरा क्याम्पस डडेल्धुराबाट परम्परागत रूपमा खुला तथा दूरशिक्षा प्रणालीबाट सञ्चालन हुँदै आएको एमएड कार्यकक्रम बन्द गरेको छ ।

    बिश्वबिद्धालय कार्यकारी परिषद्को निर्णयानुसार क्याम्पसहरुले सम्बन्धन स्वीकृति लिएको प्रत्येक विषयमा कम्तीमा १० जना विद्यार्थी भर्ना गरी कार्यक्रम सञ्चालन गर्न समेत सूचित गरेको छ । सो अनुसार नभएमा उक्त विषयको कक्षा सञ्चालन गर्न नपाइने सूचनामा उल्लेख गरेको छ ।

     

    images
    सोमवार, आषाढ २१ २०७८०४:४३:०८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार