Oct 02 2026 | २०८३, आश्विन १६ गते

त्रिवि उपकुलपतिलगायत पदाधिकारीको कार्यकक्षमा तालाबन्दी

त्रिवि उपकुलपतिलगायत पदाधिकारीको कार्यकक्षमा तालाबन्दी

  • 453
    SHARES

  • त्रिवि उपकुलपतिलगायत पदाधिकारीको कार्यकक्षमा तालाबन्दी

    काठमाडौं । अनेरास्ववियू (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालयको पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेको छ । शुल्क समायोजन गर्ने विषयमा आफूहरूसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै नेपाली कम्युनिष्ट पार्टी निकट क्रान्तिकारीले तालाबन्दी गरेको हो ।

    माग पूरा गराउन बाध्य भएर विश्वविद्यालयका उपकुलपतिसहित पदाधिकारीको कार्यकक्षमा तालावन्दी गरिएको अध्यक्ष दिनेश ऐरले जानकारी दिनुभयो ।

    मानविकी संकायअन्तर्गत अन्तराष्ट्रिय सम्बन्ध तथा कुटनीति, सामाजिक कार्य र द्वन्द्व शान्ति तथा विकास अध्ययन विभागको शुल्क समायोजन गरेर १ लाख १० हजार रूपैयाँ कायम गर्नुपर्नेलगायतका मागहरू पूरा नभएको अध्यक्ष ऐरको भनाइ छ ।

    images
    शुक्रवार, पौष १८ २०८२०७:४३:११

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार