Jul 27 2026 | २०८३, श्रावण ११ गते

काठमाडौँ कलेज अफ सेन्ट्रल स्टेटद्वारा विद्यार्थी स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न

काठमाडौँ कलेज अफ सेन्ट्रल स्टेटद्वारा विद्यार्थी स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न

  • 409
    SHARES

  • काठमाडौँ कलेज अफ सेन्ट्रल स्टेटद्वारा विद्यार्थी स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न

    १८, पुस /काठमाडौँ। काठमाडौँ कलेज अफ सेन्ट्रल स्टेट (केसिसिएस)ले नयाँ विद्यार्थीलाई स्वागत तथा कक्षा १२ विद्यार्थीलाई बिदाइ गर्ने उद्देश्यले भव्य कार्यक्रम सम्पन्न गरेको छ। बिहिवार कमलादीस्थित प्रज्ञा भवनमा आयोजित कार्यक्रममा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गर्दै कक्षा १२ पास गरी अध्ययन पूरा गरेका विद्यार्थीलाई बिदाइ गरिएको हो।

    FB_IMG_1767361613858.jpg

    स्वागत तथा अभिनन्दन कार्यक्रममा कलेजका अध्यक्ष राहुल यादवको सभापतित्व तथा जिल्ला शिक्षा समन्वय इकाई काठमाडौँ प्रमुख समन्तमणी आचार्यको प्रमुख आतिथ्यमा र राष्ट्रिय परिक्षा बोर्डको निर्देशक जयन्ती सत्यालको बिशिस्ट आतिथ्यमा सम्पन्न भयो।

    FB_IMG_1767361539376.jpg

    कार्यक्रममा कलेजका संरक्षक मनोज थापा, एकेडेमिक डाइरेक्टर टंकप्रसाद गैरे, साहयक प्रिन्सिपल राजन श्रेष्ठ लगाएत शिक्षक तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    कार्यक्रमको औपचारिक सत्र सहायक प्रिन्सिपलले स्वागत मन्तव्य दिनुभयो। साथै एकेडेमी डाइरेक्टर टंक गैरेले शुभकामना मन्तव्य दिनुभयो।

    कार्यक्रममा प्रमुख अतिथि तथा जिल्ला शिक्षा समन्वय इकाई काठमाडौँ प्रमुख समन्तमणी आचार्यले संस्थागत विद्यालयहरूले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको उल्लेख गर्दै अस्वस्थ प्रतिस्पर्धा नगरी शैक्षिक गुणस्तर अभिवृद्धिमा ध्यान दिन आग्रह गर्नुभयो। उहाँले कक्षा १२ सकेलगत्तै विदेश जाने बढ्दो प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै सकेसम्म स्वदेशमै अध्ययन र मेहनत गर्न आग्रह गर्नुभयो। आचार्यले विद्यार्थीहरू सधैँ गतिशील र धैर्यवान् हुनुपर्नेमा जोड दिँदै संकटको घडीमा युवा विद्यार्थी निराश नहुने विश्वास व्यक्त गर्नुभयो।

    FB_IMG_1767361699090.jpg

    कार्यक्रममा बिशिस्ट अतिथि तथा राष्ट्रिय परिक्षा बोर्डको निर्देशक जयन्ती सत्यालले कक्षा १२ पढ्दै विदेश जाने प्रवृत्ति गलत रहेको धारणा राख्नुभयो। “तपाईंहरूको भविष्य नेपालमै छ,” उहाँले भन्नुभयो, “हाम्रा कलिला छोराछोरीलाई विदेश पठाएर रमाउने प्रवृत्ति अन्त्य हुनुपर्छ।” शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने धारणा पनि उहाँले व्यक्त गर्नुभयो।

    FB_IMG_1767361654787.jpg

    कार्यक्रममा कलेजले कक्षा ११ र १२ को नतिजामा उत्कृष्ट GPA ल्याउने व्यवस्थापन, विज्ञान, कानून र मानविकी संकायका विद्यार्थीहरूलाई पदक तथा प्रमाणपत्रसहित सम्मान गरेको थियो

    FB_IMG_1767374326138.jpg

    कार्यक्रमको दोस्रो सत्रमा विद्यार्थीहरूले विविध मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। नृत्य, गायनलगायत प्रस्तुतिमार्फत विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए।

    FB_IMG_1767361644929.jpgFB_IMG_1767373886384.jpgFB_IMG_1767373719742.jpgFB_IMG_1767373987925.jpgFB_IMG_1767373993801.jpgFB_IMG_1767373977757.jpgFB_IMG_1767361596272.jpgFB_IMG_1767373896416.jpg

    images
    शुक्रवार, पौष १८ २०८२१०:५२:२९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार