सोमवार, पौष २१ २०८२
काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिकी पूर्व महिला उपाध्यक्ष तथा महिला विभाग प्रमुखसमेत रहेकि सुक्रराज बलभद्र माध्यमिक विद्यालय, कास्कीमा कार्यरत विद्यालय सहायक (लेखापाल) सरिता रेग्मीमाथि विद्यालय व्यवस्थापन पक्षबाट अत्यधिक दवाव र ज्यादती भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ।
परिषद्ले एक बिज्ञप्ति जारि गर्दै श्री सुक्रराज बलभद्र मा.वि. कास्कीमा कार्यरत विद्यालय सहायक (लेखापाल) श्री सरिता रेग्मी जी ले आफ्नो कर्तव्यनिष्ठ भै नियमित रुपमा कार्य सम्पादन गर्ने शिलशिलामा विद्यालयको अध्यक्ष र पुर्व प्रधानाध्यापकको अत्याधिक दवाव र ज्यादतीले मिति २०८२/०९/१९ गतेको दिन जुन घटना हुन गयो त्यो निन्दनिय भएको जनाएको हो।
घटनाका विषयमा हाल कार्यरत प्रधानाध्यापक भोला पोख्रेल (नेपाल शिक्षक महासङ्घ कास्कीका अध्यक्षसमेत) सँग संस्थाका अध्यक्ष गङ्गाराम तिवारीले फोन सम्पर्क गर्दा, प्राप्त जानकारी पनि घटनासँग मिल्दोजुल्दो रहेको बताइएको छ।
घटनाको यथार्थ छानबिनका लागि नेपाल विद्यालय कर्मचारी परिषद्ले आफ्ना जिल्ला कार्यसमिति कास्कीलाई आवश्यक निर्देशन दिइसकेको जनाएको छ। परिषद्ले उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषी ठहरिएका विद्यालयका अध्यक्ष तथा प्रधानाध्यापकलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेको छ।
परिषद्का अनुसार, सम्बन्धित कर्मचारी सरिता रेग्मीले केही महिना अघिदेखि नै सहन नसकिने दवावका कारण जागिर छोड्ने विषयमा संस्थाका अध्यक्ष र महासचिवलाई फोनमार्फत जानकारी गराइसकेको तथ्यसमेत यसै विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ। आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सम्पूर्ण विद्यालय कर्मचारीलाई आ–आफ्नो स्थानबाट एकताबद्ध भई आवाज उठाउन परिषद्ले आग्रह गरेको छ।