Oct 03 2026 | २०८३, आश्विन १७ गते

शीतलहरको चपेटामा तराईका विद्यालय: सीमित साधनबीच बोरा टाँसेर कक्षा निरन्तर

शीतलहरको चपेटामा तराईका विद्यालय: सीमित साधनबीच बोरा टाँसेर कक्षा निरन्तर

  • 512
    SHARES

  • शीतलहरको चपेटामा तराईका विद्यालय: सीमित साधनबीच बोरा टाँसेर कक्षा निरन्तर

    तराई । यो खबर चन्द्रपुर, १० स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक बिधालयको हो। तराई क्षेत्रमा परेको शीतलहरको तीव्र प्रभावले जनजीवनसँगै शैक्षिक गतिविधि पनि गम्भीर रूपमा प्रभावित बनेको छ। चिसो बढेसँगै विद्यालय जाने उमेरका धेरै विद्यार्थीहरू न्यानो तथा बाक्ला कपडाको अभावमा थप कष्टकर अवस्था भोग्न बाध्य छन्।

    IMG-20260105-WA0009.jpg

    त्यसमाथि विद्यालयहरूको भौतिक संरचना आफैंमा चुनौतीपूर्ण देखिएको छ। कक्षाकोठाका झ्यालहरूमा पल्ला नहुनुका कारण चिसो हावा सहजै प्रवेश गर्दा पठन–पाठन प्रक्रिया निकै कठिन बनेको छ। चिसो हावाले विद्यार्थीहरू काँप्दै कक्षामा बस्नुपर्ने अवस्था देखिएको छ।

    IMG-20260105-WA0011.jpg

    यद्यपि, प्रतिकूल परिस्थितिका बाबजुद शिक्षकहरूको प्रयास भने अत्यन्तै सराहनीय देखिन्छ। गत वर्षझैँ यस वर्ष पनि शिक्षकहरूले झ्यालमा बोरा ठोकेर चिसो हावा रोक्ने अस्थायी उपाय अपनाउँदै कक्षा सञ्चालनलाई निरन्तरता दिइरहेका छन्। सीमित साधन र कठोर मौसमबीच पनि शिक्षालाई रोक्न नदिने विद्यालय परिवारको प्रतिबद्धताले कक्षा सञ्चालन सम्भव बन्दै गएको छ।

    IMG-20260105-WA0004.jpg

    चिसो, अभाव र चुनौतीबीच पनि शिक्षालाई निरन्तर अघि बढाइराख्नु नै तराईका विद्यालयहरूको वास्तविक संघर्ष र साझा उपलब्धि भएको स्थानीयहरू बताउँछन्।

    images
    मंगलवार, पौष २२ २०८२०७:४६:१६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार