Jul 27 2026 | २०८३, श्रावण ११ गते

विद्यालयको सहकार्यमा ६७ जना बालबालिकालाई न्यानो कपडा तथा कम्बल वितरण

विद्यालयको सहकार्यमा ६७ जना बालबालिकालाई न्यानो कपडा तथा कम्बल वितरण

  • 241
    SHARES

  • विद्यालयको सहकार्यमा ६७ जना बालबालिकालाई  न्यानो कपडा तथा कम्बल वितरण

    चन्द्रपुर । नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, चन्द्रपुर–१० मा अध्ययनरत बाल विकास कक्षाका ६७ जना बालबालिकालाई न्यानो कपडा तथा कम्बल वितरण गरिएको छ। विद्यालयको सहकार्यमा Lions Club of Kathmandu Ranjana को आर्थिक सहयोगमा अति विपन्न तथा सीमान्तकृत परिवारका विद्यार्थीहरूलाई मधेसको कठ्याङ्ग्रिने जाडोबाट जोगाउने उद्देश्यले उक्त सहयोग वितरण गरिएको हो।

    IMG-20260107-WA0005.jpg

    चन्द्रपुर नगरपालिकाका नगर प्रमुख श्री सञ्जय काफ्लेको उपस्थितिमा न्यानो कपडा वितरण गरिएको थियो। उक्त कार्यक्रममा Lions Club का नेतृत्वकर्ता धीरज श्रेष्ठ, कुमार आचार्य, राजकुमार कार्की, पूर्णबहादुर कार्की तथा नमुना बोर्डिङ स्कूलकी संस्थापकको संयुक्त सहयोगमा परालको गुन्द्री ओढेर जाडो काटिरहेका वयोवृद्ध विगन पासवानलाई न्यानो कम्बलसहित खाद्यान्न तथा अन्य आवश्यक सामग्री खरिदका लागि रु. २,५०० नगद सहयोगसमेत प्रदान गरिएको थियो।

    साथै उक्त कार्यक्रममार्फत कुल १७ घरधुरीलाई न्यानो कम्बल वितरण गरिएको विद्यालयले जनाएको छ।

    images
    बिहिवार, पौष २४ २०८२०७:२७:१२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार