Oct 02 2026 | २०८३, आश्विन १६ गते

शिक्षकलाई स्थानीय भत्ता उपलब्ध गराउने निर्णय

शिक्षकलाई स्थानीय भत्ता उपलब्ध गराउने निर्णय

  • 2.0K
    SHARES

  • शिक्षकलाई स्थानीय भत्ता उपलब्ध गराउने निर्णय

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाअन्तर्गत कार्यरत स्थायी तथा अस्थायी दरबन्दीमा कार्यरत करार शिक्षकहरू (प्राविधिक धारसमेत) लाई कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२ अनुसार २०८२ पुस महिनादेखि शिक्षकको तलबभत्ता शीर्षकमा विनियोजित बजेटबाट स्थानीय भत्ता उपलब्ध गराउने निर्णय गरेको छ।

    नगरपालिकाले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख तीर्थराज भट्टराईले आगामी योजनाबारे जानकारी गराउदै सो कुराको जानकारी दिए।

    साथै नगरपालिकाले विज्ञान, गणित, साहित्य, संस्कृति र रैथाने सीपको प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताएका छन। नगर प्रमुख भट्टराईका अनुसार सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग तथा नगरपालिका र हिमालयन माध्यमिक विद्यालयको व्यवस्थापनमा नगरपालिकाभित्रका सबै माध्यमिक विद्यालय, इच्छुक आधारभूत विद्यालय तथा जिल्लाका अन्य पालिकाका विद्यार्थीलाई समेटेर विज्ञान तथा गणित प्रदर्शनी, साहित्यिक तथा सांस्कृतिक कार्यक्रम, रैथाने सीप तथा प्राकृतिक सामग्रीको प्रदर्शनी आयोजना गरिने पत्रकार सम्मेलन मार्फत जानकारी दिए। साथै विभिन्न प्रदेशका विश्वविद्यालय, वैज्ञानिक, विषयविज्ञ तथा शैक्षिक संस्थाहरूलाई पनि प्रदर्शनीमा सहभागिताका लागि अनुरोध गरिने बतए।

    नगरपालिकाल हाल ललितकला क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन, काठमाडौँसँगको सहकार्यमा दिक्तेल बजारका विभिन्न स्थानमा चित्रकलामार्फत वन, वातावरण, शिक्षा र संस्कृतिसम्बन्धी सन्देशमूलक चित्रांकन कार्य गरिरहेको छ।

    images
    शुक्रवार, पौष २५ २०८२०७:४०:२९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार