शनिवार, पौष २६ २०८२
धनगढी । सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगले विभिन्न सङ्कायअन्तर्गत सहप्राध्यापक पदपूर्तिका लागि खुला प्रतियोगितामार्फत दरखास्त आह्वान गरेको छ। आयोगद्वारा प्रकाशित सूचनाअनुसार अनुसन्धानात्मक विशिष्टताका आधारमा स्थायी पदपूर्ति गर्न योग्य नेपाली नागरिकहरूबाट अनलाइन माध्यमबाट आवेदन माग गरिएको हो।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मिति २०८२ साल पौष २६ गतेदेखि माघ १ गतेसम्म अनलाइन आवेदन दिन सकिनेछ। साथै दोब्बर दस्तुर तिरी माघ ८ गतेसम्म पनि दरखास्त दिन सकिने व्यवस्था गरिएको छ। तोकिएको म्याद नाघी प्राप्त हुने वा रीत नपुगेका दरखास्त उपर कुनै कारबाही नहुने विश्वविद्यालय आयोगले स्पष्ट पारेको छ।
विज्ञापनसम्बन्धी विस्तृत जानकारी सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगको आधिकारिक वेबसाइट www.servicecommission.fwu.edu.np मा हेर्न सकिनेछ।
