शनिवार, पौष २६ २०८२
२६, पुस, काठमाडौँ । काठमाडौ बर्नहार्ट माद्यामिक विद्यालयको अभिभावक दिवस सम्पन्न भएको छ। शनिवार बिशेष प्रस्तुति सहित काठमाडौ महानगरपालिका १४ बल्खुस्थित उक्त विद्यालयको वार्षिक अभिभावक दिवस (Annual Parents' Day) सम्पन्न भएको हो।

काठमाडौ बर्नहार्टका ब्यबस्थापन समितिका अध्यक्ष भुपेश छत्कुलिको सभापतित्व तथा काठमाडौ बर्नहार्टका कार्यकारी निर्देशक नवराज अधिकारी, प्रिन्सिपल पुरुषोत्तम बिष्ट, भाइस प्रिन्सिपल शिवराम रिजल, प्रशासन प्रमुख राम थापा, विद्यालय कोर्डिनेटर मनोज बिष्ट, रत्नविर तामाङ, सविता श्रेष्ठ अमात्य लगाएत शिक्षक कर्मचारी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो।

बर्नहार्टका ब्यबस्थापन समितिका अध्यक्ष भुपेस छत्कुली, कार्यकारी निर्देशक नवराज अधिकारी प्रिन्सिपल पुरुषोत्तम बिष्टले संयुक्त रुपमा पानसमा दीप बालेर अभिभावक दिवसको उद्घाटन गर्नुभयो। साथै विद्यार्थीहरुले शान्ती वाचन गरेर कार्यक्रम शुरूवात गरेका थिए।

कार्यक्रममा काठमाडौ बर्नहार्ट स्कुल/ कलेजका प्रिन्सिपल पुरुषोत्तम बिष्टले स्वागत मन्तव्य दिनुभयो। बिष्टले बालबालिकाहरुको उमेर, रुचि, चाहना, क्षमता, पृष्ठभूमि आदि सम्पूर्ण पक्षहरुलाई ध्यानमा राखि सिक्ने सिकाउने वातावरण तयार गरेको बताउनुभयो। बालबालिकाको सर्बाङ्गिण बिकासमा बिशेष ध्यान दिएको भन्दै बालबालिकाको ब्याक्तित्व बिकासको लागि बालकेन्द्रित शिक्षण सिकाई, बालमैत्री भौतिक संरचना, (कक्षाकोठा, बेन्च,) र त्यो अनुरुप शिक्षकहरुको ब्यबस्थापन गरेको बताउनुभयो।

उक्त कार्यक्रममा बोल्दै भाइस प्रिन्सिपल शिवराम रिजालले बालबालिकाको मोबाइल तथा डिजिटल उपकरण प्रयोगप्रति अभिभावकले विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो। “हाम्रो बच्चाहरू मोबाइलमा के हेर्छन्, के सिक्छन् भन्ने कुरा अभिभावक र विद्यालय दुवैले मिलेर निगरानी गर्नुपर्छ,” उहाँले भन्नुभयो। उहाँका अनुसार अभिभावकको फिडब्याक विद्यालयका लागि अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो। “तपाईंहरूको बच्चा तपाईंहरूको मात्रै होइन, हाम्रो पनि बच्चा हो,” भन्दै रिजालले विद्यालय र अभिभावकबीचको सहकार्य बलियो हुनुपर्नेमा जोड दिनुभयो।

बालबालिका हिजोको तुलनामा आज धेरै एडभान्स भइसकेका छन् भन्दै उहाँले केवल विद्यालयमा मात्र निर्भर भएर हुँदैन, अभिभावकले पनि समय दिएर आफ्ना छोराछोरीका गतिविधि नियाल्नुपर्ने बताउनुभयो। “स्कुल मात्रै भनेर हुँदैन, अभिभावकले पनि बच्चासँग समय बिताउनुपर्छ र उनीहरूको दैनिकी बुझ्नुपर्छ,” उहाँको भनाइ थियो।
कार्यक्रममा बालबालिकाहरुले विभिन्न नृत्य, गायन, प्रहसनहरुको प्रस्तुति दिएका थिए। आफ्नो बालबालिकाहरुको सांस्कृतिक नृत्य गायनहरु प्रत्यक्ष हेर्न र सुन्न पाउँदा अभिभावकहरु ज्यादैनै खुसी देखिन्थे।

अभिभावक भेलाको समापन समारोहमा बोल्दै कार्यक्रमका सभापति तथा काठमाडौँ बर्नहार्ट कलेजका ब्यबस्थापन समितिका अध्यक्ष भुपेश छत्कुलीले बालबालिकाको मूल्यांकन केवल परीक्षाको नतिजाबाट मात्र गर्न नहुने बताउनुभएको छ। “पुरै वर्ष तपाईंको बच्चाले बर्नहार्टमा के–के सिक्यो भन्ने कुरा अवलोकन गर्नुपर्छ।

सबै कुरा नतिजामा देखिनैपर्छ भन्ने हुँदैन, कसैको सीप फरक हुन सक्छ,” उहाँले भन्नुभयो। A4 साइजको कागजमा आएको अंक मात्र हेरेर विद्यार्थीको क्षमताको मूल्यांकन गर्नु गलत हुने उहाँको भनाइ थियो। उहाँले थप्नुभयो, “यदि तपाईंको बच्चा स्कुल जाँदा खुशी छैन भने त्यहाँ केही न केही कमी छ भनेर बुझ्नुपर्छ।” त्यसैले अभिभावकले बच्चाको भावनात्मक अवस्था, रुचि र व्यवहारमा पनि बराबर ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

अध्यक्ष छत्कुलीले काठमाडौँ बर्नहार्टले शिक्षासँगै सीप र संस्कार सिकाउन विशेष जोड दिँदै आएको उल्लेख गर्दै शैक्षिक गुणस्तरमा संस्थाको आफ्नै पहिचान रहेको बताउनुभयो ।
नर्सरी देखि विश्वविद्यालय तहसम्म अध्ययन अध्यापन हुने नेपालको उत्कृष्ट १० शैक्षिक संस्थाभित्र पर्ने काठमाडौ बर्नहार्ट स्कुल/कलेजमा तीन हजार भन्दा बढी विद्यार्थी पठनपाठन गर्दछन। विश्वविद्यालय तहमा भने आइटी क्षेत्रमा बर्नहार्ट कलेजले बिशेष स्थान बनाएको छ।

कतिपय बिद्यालयहरुले बिशुद्ध नाफा मात्रै कमाउन भड्किलो भौतिक संरचना देखाउने, स्विमिङ पुल समेत बनाएको देखाएर महंगो शुल्क अशुल्ने देखि अभिभावकहरु सतर्क रहनुपर्ने देखिन्छ। त्यस मामिलामा काठमाडौ बर्नहार्ट नमुनाको रुपमा रहेको छ। आफ्नै सुविधासम्पन्न भौतिक संरचनामा बालबालिकाकेन्द्रित, र सीपमुलक शिक्षण सिकाई क्रियाकलाप तथा नैतिक शिक्षामा यस विद्यालयले जोड दिइरहेको छ।
साथै आउदै गरेको सरस्वती पुजाको अवसर पारेर विद्यालयले विद्यार्थी भर्नामा विभिन्न सहुलियतको अवसर प्रदान गरेको छ।




