शनिवार, पौष २६ २०८२
काठमाडौं । नागार्जुन नगरपालिका–८, भिमढुङ्गा स्थित श्री नवीन ज्योति इङ्गलिस स्कूलको आयोजनामा प्रि-स्कुल अभिभावक दिवस (‘Pre-School Parents’ Day’) कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिवार विद्यालयको प्राङ्गणमा सम्पन्न कार्यक्रममा PG देखि कक्षा ३ सम्म अध्ययनरत विद्यार्थीका अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन तथा सञ्चालक समिति अध्यक्ष तथा प्रधानाध्यापक श्री सुरेश महतोले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा बागमती प्रदेश सभा सदस्य श्री केशव प्रसाद पोखरेल उपस्थित हुनुहुन्थ्यो। विशेष अतिथिहरूमा नागार्जुन नगरपालिका शिक्षा शाखा प्रमुख श्री कृष्ण बहादुर कुँवर, वडा नं. ८ का वडा अध्यक्ष श्री सुरज कुमार पोखरेल, वडा नं. ७ का वडा अध्यक्ष श्री शैलेन्द्र लामा, वडा नं. ६ का वडा अध्यक्ष श्री देवेन्द्र राज गिरी, काठमाडौं जिल्ला प्याब्सन उपाध्यक्ष सुर्य बहादुर के.सी., तथा नागार्जुन नगरपालिका प्याब्सन उपाध्यक्ष श्री डि.बी. ढकाल, वडा नं. ८ का पूर्व वडा अध्यक्ष श्री शुक्र बहादुर तामाङ, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, अभिभावक प्रतिनिधिहरू तथा उत्पला एजुकेशनल फाउण्डेशनकी म्यानेजिङ डाइरेक्टर श्रीमती नमिला शाक्यको उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि, विशेष अतिथि तथा सभापतिबाट पानसमा बत्ती बालेर गरिएको थियो। उक्त समारोहमा स्वागत मन्तव्य Montessori Co-ordinator रोजिना कार्की खनालले राख्नुभएको थियो।
मन्तव्यका क्रममा नागार्जुन नगरपालिका शिक्षा शाखा प्रमुख श्री कृष्ण बहादुर कुँवरले विद्यालयले प्रारम्भिक तहदेखि नै गुणस्तरीय शिक्षा प्रदान गरिरहेको उल्लेख गर्नुभयो।

प्रमुख अतिथि केशव प्रसाद पोखरेलले विद्यालयको स्थापना प्रक्रियादेखि हालसम्मको योगदान स्मरण गर्दै श्री नवीन ज्योति इङ्गलिस स्कूलले नागार्जुन क्षेत्रमा स्तरीय र जीवनोपयोगी शिक्षा दिइरहेको बताउनुभयो।
साथै प्याब्सन काठमाडौं जिल्ला उपाध्यक्ष सुर्य बहादुर के.सी. तथा विद्यालयका उपप्रधानाध्यापक सुवास पुरीले पनि आफ्ना धारणा राख्नुभएको थियो।

कार्यक्रमको अन्त्यमा विद्यालयका प्रधानाध्यापक सुरेश महतोले समापन मन्तव्य दिँदै अभिभावक, अतिथि तथा सम्पूर्ण सहभागीप्रति आभार व्यक्त गर्दै कार्यक्रमको औपचारिक समापन गर्नुभयो।

उक्त कार्यक्रममा बालबालिकाहरुले विभिन्न नृत्य, गायन, प्रहसनहरुको प्रस्तुति दिएका थिए। आफ्नो बालबालिकाहरुको सांस्कृतिक नृत्य गायनहरु प्रत्यक्ष हेर्न र सुन्न पाउँदा अभिभावकहरु ज्यादैनै खुसी खेखिन्थे।





