Jul 27 2026 | २०८३, श्रावण ११ गते

इलेन मेमोरियल छैठौं विज्ञान, कला तथा क्राफ्ट प्रदर्शनी भव्य रूपमा सम्पन्न

इलेन मेमोरियल छैठौं विज्ञान, कला तथा क्राफ्ट प्रदर्शनी भव्य रूपमा सम्पन्न

  • 463
    SHARES

  • इलेन मेमोरियल छैठौं विज्ञान, कला तथा क्राफ्ट प्रदर्शनी भव्य रूपमा सम्पन्न

    २७, पुस/ काठमाडौं । इलेन मेमोरियल स्कुलले आयोजना गरेको 'छैटौं विज्ञान, कला तथा क्राफ्ट प्रदर्शनी २०८२' भब्य रुपमा सम्पन्न भएको छ। “Science of Today is Future for Tomorrow” भन्ने मूल नारासहित शनिवार स्कुल परिसरमा आयोजना गरिएको यस प्रदर्शनीले विद्यार्थीहरूको सृजनात्मक क्षमता, वैज्ञानिक सोच तथा व्यवहारिक ज्ञानलाई उजागर गरेको विद्यालयले जनाएको छ।

    IMG-20260111-WA0034.jpg

    प्रदर्शनीमा करिब ५७ वटा विज्ञान परियोजना, २०० भन्दा बढी क्राफ्ट सामग्री तथा करिब ३५० वटा कलाकृतिहरू प्रदर्शित गरिएका थिए। विज्ञान परियोजनाहरूमा वातावरण संरक्षण, प्रविधि, ऊर्जा, स्वास्थ्य तथा दैनिक जीवनसँग सम्बन्धित समस्या समाधानका विषय समेटिएका थिए भने कला र क्राफ्ट सामग्रीमा विद्यार्थीहरूको मौलिक सोच, कल्पनाशक्ति र सौन्दर्यबोध स्पष्ट देखिन्थ्यो।

    IMG-20260111-WA0031.jpg

    कार्यक्रममा करिब ७०० जना अभिभावक, शुभेच्छुक, शिक्षाविद् तथा आगन्तुकहरूको उपस्थिति रहेको थियो। आगन्तुकहरूले विद्यार्थीहरूको प्रस्तुति, आत्मविश्वास र सृजनात्मक क्षमताको प्रशंसा गर्दै यस्ता गतिविधिले प्रतिभा पहिचान र सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेल्ने प्रतिक्रिया दिएका छन्।

    IMG-20260111-WA0015.jpg

    विद्यालयका संरक्षक एलेन बैलोचन तुलाधर तथा अध्यक्ष सपना तुलाधरको मार्गदर्शनमा सम्पन्न कार्यक्रमको सफलतामा प्रिन्सिपल जयराम चापागाई, सह–प्रिन्सिपल चक् बहादुर विष्ट, कोडिनेटर किरन रोका, एचओडी अभिषेक ज्ञवाली लगायत शिक्षक–शिक्षिकाहरूको सक्रिय भूमिका रहेको थियो। उक्त प्रदर्सनी कार्यक्रममा बिशिस्ट अतिथिको रुपमा प्याब्सन काठमाडौँ जिल्लाका वरिष्ठ उपाध्यक्ष सुदर्शन थापा, उपाध्यक्ष सूर्य बहादुर के.सी., काठमाडौँ  भ्याली स्कुलका प्रिन्सिपल संगीता श्रेष्ठ, प्याब्सन नागार्जुनका उपाध्यक्ष डि.बि. ढकाल र सचिव प्रकाश मान शाहीको उपस्थिति रहेको थियो।

    IMG-20260110-WA0160(1).jpg

    विद्यालयले सैद्धान्तिकसँगै व्यवहारिक र सिर्जनात्मक शिक्षामा जोड दिँदै आएको जनाउँदै यस्ता प्रदर्शनीहरूले विद्यार्थीमा अनुसन्धानशील सोच, समस्या समाधान क्षमता, समूहकार्य, नेतृत्व विकास तथा आत्मविश्वास अभिवृद्धि हुने विश्वास व्यक्त गरेको छ।

    IMG-20260110-WA0163(1).jpg

    प्रदर्शनीमा सहभागी विद्यार्थीहरूले विज्ञान, कला तथा क्राफ्ट प्रदर्शनी अत्यन्त उपयोगी र प्रेरणादायी रहेको बताएका छन्। “किताबमा मात्र पढेको कुरा मोडेल र प्रयोगमार्फत देख्न पाउँदा अझ सजिलै बुझियो,” एक विद्यार्थीले प्रतिक्रिया दिए। अर्का विद्यार्थीले भने, “आफ्नो प्रोजेक्ट सबैले हेरेर प्रशंसा गर्दा आत्मविश्वास बढ्यो।” समूहगत रूपमा काम गर्दा सहकार्यको भावना विकास भएको र विज्ञान तथा कलाप्रति रुचि अझ बढेको उनीहरूको भनाइ थियो। यस्ता शैक्षिक प्रदर्शनीले सिकाइलाई व्यवहारिक, रोचक र प्रभावकारी बनाउने विद्यार्थीहरूको निष्कर्ष रहेको छ।

    IMG-20260111-WA0053.jpgIMG-20260111-WA0056.jpgIMG-20260111-WA0026.jpgIMG-20260111-WA0024.jpgIMG-20260111-WA0021.jpg

     

    images
    आइतवार, पौष २७ २०८२०८:१३:३८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार