Oct 03 2026 | २०८३, आश्विन १७ गते

ब्रिटिस कलेजको अनुमति खारेज गर्दै ठग संञ्चालकलाई गिर फ्तार गर्न संयुक्त विद्यार्थि संगठनको माग

ब्रिटिस कलेजको अनुमति खारेज गर्दै ठग संञ्चालकलाई गिर फ्तार गर्न संयुक्त विद्यार्थि संगठनको माग

  • 375
    SHARES

  • ब्रिटिस कलेजको अनुमति खारेज गर्दै ठग संञ्चालकलाई गिर फ्तार गर्न संयुक्त विद्यार्थि संगठनको माग

    काठमाडौँ । काठमाडौँस्थित द ब्रिटिस कलेजको अनुमति खारेज गर्दै ठग संञ्चालकलाई गिरफ्तार गर्न संयुक्त विद्यार्थि संगठनहरुले माग गरेको छन्।

    आइतवार एक बिज्ञप्ति जारी गर्दै हस्पिटालिटी बिजनेस म्यानेजमेन्टलगायतका शैक्षिक कार्यक्रमहरू अवैध रूपमा सञ्चालन गरेको, अत्यधिक शुल्क असुलेको, फरक–फरक कोर्स पढाएको तथा भर्ना गरिएका विद्यार्थीहरूलाई युएईमा अलपत्र पारेको आरोप द ब्रिटिस कलेजको अनुमति खारेज गर्दै ठग संञ्चालकलाई गिरफ्तार गर्न माग गरेका हुन्।

    हस्पिटालिटी बिजनेस म्यानेजमेन्टलगायतका शैक्षिक कार्यक्रमहरू अवैध रूपमा सञ्चालन गरेको, अत्यधिक शुल्क असुलेको, फरक–फरक कोर्स पढाएको तथा भर्ना गरिएका विद्यार्थीहरूलाई युएईमा अलपत्र पारेको भन्दै त्यहाँ अध्ययनरत विद्यार्थीहरू लामो समयदेखि आन्दोलनरत छन्।

    संयुक्त विद्यार्थी संगठनहरूको तर्फबाट पटक–पटक सम्बन्धित निकायलाई समस्या समाधान गरी पीडित विद्यार्थीहरूलाई न्याय दिन दबाब दिँदै आए पनि उल्टै राज्य संयन्त्रको मिलोमतोमा कलेजका सञ्चालकहरूले आन्दोलनरत विद्यार्थीहरूमाथि धरपकड र गिरफ्तारी गर्ने कार्य गरिरहेको आरोप लगाइएको छ।

    विद्यार्थी संगठनहरूको भनाइ अनुसार, कलेज प्रशासनले गुण्डा परिचालन गरी विद्यार्थीलाई धम्काउने, त्रसित पार्ने र पीडित विद्यार्थीहरूलाई झुटा तथा बनावटी मुद्दामा फसाई हिरासत पठाउने जस्ता घृणास्पद गतिविधि सञ्चालन गरिरहेको छ। यसप्रति संयुक्त विद्यार्थी संगठनले घोर भर्त्सना र कडा निन्दा व्यक्त गरेका छन्।

    संगठनहरुले कलेज प्रशासनलाई यस्ता गतिविधि तत्काल बन्द गर्न चेतावनी दिँदै अन्यथा कडा प्रतिरोध गर्ने जनाएको छ। साथै पीडित विद्यार्थीहरूलाई शीघ्र न्याय दिन, विद्यार्थी ठगीमा संलग्न British College को अनुमति रद्द गर्न तथा यस धन्धामा संलग्न सबैलाई कडा कानुनी कारबाही गर्न प्रहरी प्रशासन, शिक्षा मन्त्रालयलगायत सम्बन्धित निकायसमक्ष जोडदार माग गरिएको छ।

    विद्यार्थीहरूको न्यायपूर्ण आवाजलाई बेवास्ता गरिए शिक्षा क्षेत्रमा ठगी गर्ने British College विरुद्ध अझ कडा आन्दोलन र संघर्ष गर्ने चेतावनी पनि संयुक्त विद्यार्थी संगठनले दिएका छन्।

    यस्तो छ बिज्ञप्ति

    FB_IMG_1768185376484.jpg

    images
    सोमवार, पौष २८ २०८२०९:०८:२४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार