Jul 27 2026 | २०८३, श्रावण ११ गते

बिश्वबिद्धालय शिक्षा

त्रिबिको समकक्षता सम्बन्धीसेवा अनलाइनबाटै लिन सकिने ! यस्तो छ तरिका !

त्रिबिको समकक्षता सम्बन्धीसेवा अनलाइनबाटै लिन सकिने ! यस्तो छ तरिका !

  • 974
    SHARES

  • त्रिबिको समकक्षता सम्बन्धीसेवा अनलाइनबाटै लिन सकिने ! यस्तो छ तरिका !

    त्रिभुवन विश्वविद्यालयले स्वदेशी र विदेशी विश्वविद्यालय तथा शैक्षिक संस्थाबाट उपाधि हासिलको शैक्षिक प्रमाणपत्रको उपाधि मान्यता तथा समकक्षता सेवा अनलाइन माध्यमबाटै दिन थालेको छ ।

    विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रले वेबसाइटमार्फत समकक्षता लिन सक्ने सुविधा ल्याएकाे हाे । सेवाग्राहीले अनलाइनबाटै समकक्षताका लागि आवेदन दिन र शुल्क तिर्न सक्नुका साथै आफ्नो आवेदनकाे स्टेटस समेत हेर्न सकिन्छ ।

    केन्द्रका कार्यकारी निर्देशक प्राडा पारसनाथ यादवले समकक्षता प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । सेवाग्राही चन्दले यसरी सेवा लिँदा कागजात रुजु गराउन झ्यालमा लाइन बस्न र शुल्क बुझाउन बैंकमा लाइन लाग्नु नपर्ने भएकामा खुशी व्यक्त गरे ।

    देशका विभिन्न स्थानबाट समकक्षताका लागि कीर्तिपुरस्थित केन्द्रको कार्यालयमा नै आएर आवेदन दिनुपर्ने झन्झटबाट अब विद्यार्थीलाई मसक्ति मिलेको छ ।

    यही असार २० गते अनलाइनको प्रयोगबाट सुदूरपश्चिम प्रदेशको कञ्चनपुर घर भई नेपाली सेनाको श्रीकालीध्वज गण नवलपरासीमा कार्यरत उपसेनानी गणेश चन्दले पहिलो पटक अनलाइनबाट यो सेवा लिएका छन् ।

    यसरी लिनसकिन्छ सुबिधा ! Screenshot_20210706-130004_Facebook.jpg

    Screenshot_20210706-130037_Facebook.jpg

    images
    मंगलवार, आषाढ २२ २०७८०१:०८:५९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार