Oct 03 2026 | २०८३, आश्विन १७ गते

वाटिका स्कुलमा अभिभावक दिवस, खेलकुद सप्ताह तथा वार्षिक उत्सव भव्य रूपमा सम्पन्न

वाटिका स्कुलमा अभिभावक दिवस, खेलकुद सप्ताह तथा वार्षिक उत्सव भव्य रूपमा सम्पन्न

  • 649
    SHARES

  • वाटिका स्कुलमा अभिभावक दिवस, खेलकुद सप्ताह तथा वार्षिक उत्सव भव्य रूपमा सम्पन्न

    पौष, २७/ काठमाडौँ। नागार्जुन नगरपालिका–१, काठमाडौँमा अवस्थित वाटिका स्कुलले खेलकुद सप्ताहको पुरस्कार वितरण सहित अभिभावक दिवस तथा वार्षिक उत्सव भव्य कार्यक्रमका साथ सम्पन्न गरेको छ। विद्यालयले २०८१ मा एसइइ उत्तीर्ण विद्यार्थीहरुलाई मायाको चिनो समेत दिएर सम्मान गरेको छ।

    १९ वर्षअघि प्राथमिक विद्यालयका रूपमा स्थापना भएको वाटिका स्कुलले हालसम्म एसएलसी तथा एसईई परीक्षामा १५ ब्याचमा शतप्रतिशत उत्तीर्णता हासिल गर्दै निरन्तर उत्कृष्ट शैक्षिक नतिजा ल्याउँदै आएको छ। संस्कार, सीप र ज्ञानको समन्वयमार्फत सक्षम, अनुशासित र जिम्मेवार नागरिक उत्पादन गर्ने लक्ष्यसहित विद्यालय अघि बढिरहेको छ।

    IMG-20260112-WA0004~2.jpg

    वाटिका स्कुलमा यस वर्ष पौष २२ देखि २७ गतेसम्म सञ्चालन भएको खेलकुद सप्ताह तथा अभियान दिवसका अवसरमा विभिन्न परियोजना कार्य, खेलकुद प्रतियोगिता, बौद्धिक प्रतिस्पर्धा, वादविवाद, वक्तृत्वकला, निबन्ध लेखन, कविता लेखन, चित्रकला, हाजिरीजवाफ लगायत विविध प्रतियोगिताहरू सञ्चालन गरिएका थिए। भने उक्त प्रतियोगितामा सहभागी भई उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई कार्यक्रमकै अवसरमा पुरस्कार वितरण गरिएको थियो। साथै करिब ३५ प्रकारका सांस्कृतिक, सिर्जनात्मक तथा शैक्षिक प्रस्तुति प्रस्तुत गरिएको थियो।

    अभिभावक दिवसका अवसरमा प्रमुख अतिथिका रूपमा नागार्जुन नगरपालिकाका शिक्षा शाखा प्रमुख कृष्णबहादुर कुँवरले विद्यालयको समग्र शैक्षिक वातावरण, सञ्चालकको शैक्षिक तथा बौद्धिक क्षमता र विगत १६ वर्षदेखि विद्यार्थीहरूले निरन्तर देखाउँदै आएको उत्कृष्ट प्रस्तुतिको उच्च मूल्याङ्कन गर्नुभयो। उहाँले सुविधा सम्पन्न र गुणस्तरीय विद्यालय आफ्नै क्षेत्रमा उपलब्ध हुँदा बालबालिकालाई टाढा पठाउन आवश्यक नरहेको उल्लेख गर्दै वाटिका स्कुलको खुलेर प्रशंसा गर्नुभयो।

    IMG-20260112-WA0012~2.jpg

    कार्यक्रममा काठमाडौं विश्वविद्यालयमा अध्यापन गराउँदै आउनु भएका प्राध्यापक किरण भट्टज्यूले विद्यालयका प्रिन्सिपल, शिक्षक तथा समग्र शैक्षिक गुणस्तर उच्च रहेको बताउँदै वाटिका स्कुलले हासिल गरेको सफलतालाई आफूले नजिकबाट अध्ययन तथा अवलोकन गरिरहेको धारणा व्यक्त गर्नुभयो।

    त्यसैगरी नागार्जुन प्याब्सनका अध्यक्ष बासुदेव घिमिरेले वाटिका स्कुलको व्यवस्थापन, शैक्षिक गुणस्तर तथा अतिरिक्त क्रियाकलापमा भएको प्रगति विद्यालयहरूबीच सधैं उदाहरणीय र चर्चाको विषय रहने गरेको बताउनुभयो। उहाँले नागार्जुन नगर र काठमाडौं यसक्षेत्रका लागि वाटिका स्कुल गर्व गर्न लायक सामाजिक भाव बोकेको विद्यालय भएको उल्लेख गर्दै अभिभावकहरूलाई निःसन्देह थप विश्वास गर्न अनुरोध गर्नुभयो।

    कार्यक्रममा बोल्दै अभिभावकद्वय रमेशसिंह ठकुरी तथा कृष्ण लामिछानेले आफ्ना छोराछोरी नर्सरीदेखि यही विद्यालयमा अध्ययन गरी हाल क्रमशः कक्षा ८ र ९ मा पुगेको जानकारी गराउँदै यहाँका विद्यार्थीहरू आत्मनिर्भर, अनुशासित, संस्कारी, व्यवहारिक तथा बुझक्की बनेको अनुभव प्रस्तुत गर्नुभयो। विद्यालयका प्रिन्सिपल तथा शिक्षकहरूको शिक्षण, प्रशिक्षण जीवन उपयोगी रहेको र विद्यालयले सधैं नगरस्तरीय परीक्षा तथा एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउँदै आएकोमा आफूहरू पूर्ण रूपमा सन्तुष्ट रहेको उहाँहरूको भनाइ थियो।

    विद्यालयका संस्थापक प्रिन्सिपल युवराज बस्ताकोटीले कार्यक्रममा विद्यालयको शैक्षिक, भौतिक तथा अन्य समग्र प्रगति विवरण प्रस्तुत गर्दै आगामी दिनमा विद्यालयलाई थप स्तरीय, प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउने स्पष्ट रणनीति तयार गरिएको जानकारी दिनुभयो। उहाँले असल विद्यालय, सचेत अभिभावक, अनुशासित विद्यार्थी र सहयोगी समाज मिलेर मात्र असल राष्ट्र निर्माण गर्ने नागरिक उत्पादन गर्न सकिने उल्लेख गर्नुभयो। विद्यालय साझ संस्था भएको र अभिभावक तथा विद्यालय एउटै सिक्काका दुई पाटा भएको भन्दै बालबालिकाको समग्र विकासका विषयमा अनुभव र ज्ञान आदान–प्रदान गर्नुभयो।

    कार्यकारी प्रिन्सिपल श्रीमती मुना भट्टराईले विद्यालयको शैक्षिक यात्रा, उपलब्धि तथा खुशीका अनुभवहरू अभिभावकहरूसँग साझा गर्नुभएको थियो। विद्यालय प्रशासनका अनुसार उक्त कार्यक्रममा ९९ प्रतिशतभन्दा बढी अभिभावक र ९९.९९ प्रतिशत विद्यार्थीको उल्लेखनीय उपस्थिति रहेको थियो।

    स्थानीय अभिभावकहरूका अनुसार वाटिका स्कुल सुसभ्य समाज निर्माण, अनुशासित मानव विकास तथा भविष्यका जिम्मेवार नागरिक उत्पादन गर्ने उद्देश्यका साथ क्रियाशील गुणस्तरीय विद्यालय हो। सामाजिक सेवा भावसहित सञ्चालन भइरहेको यो विद्यालय क्षेत्रकै इज्जतिलो शैक्षिक संस्थाका रूपमा परिचित छ।

    विद्यालयमा माथिल्ला कक्षामा भर्नाका लागि प्रवेश परीक्षा तथा अभिभावकसँग चरणबद्ध अन्तरवार्ता लिइने व्यवस्था रहेको छ भने कक्षा ५-७  मा पनि सिट सीमित भएकाले निश्चित कोटाभित्र मात्र भर्ना लिनुपर्ने बाध्यता रहेको विद्यालय प्रशासनले जनाएको छ। यद्यपि कक्षा नर्सरी देखि कक्षा ४ सम्मका लागि थप सुविधा सहित नयाँ भवन निर्माण गरेर सञ्चालन भईरहेकाले सिट सङ्ख्या बढाउन सफल भएको बताईएकोछ। बाँकी कक्षामा पनि सिट सङ्ख्या थपेर विद्यार्थी भर्ना कोटा बढाउने प्रयास गरिएको विद्यालय प्रशासनले बताएकोछ।

    images
    सोमवार, पौष २८ २०८२०२:०१:२८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार