शनिवार, माघ ४ २०८२
काठमाडौँ । गुल्मेली शैक्षिक सञ्जालद्वारा एसईई बुस्ट अप सेमिनार आयोजना हुने भएको छ। “A Shared Journey of Education and Fellowship” भन्ने नारासहित गुल्मेली शैक्षिक सञ्जाल, काठमाडौँ (Gulmeli Educational Network, Kathmandu) को आयोजनामा एसईई परीक्षालाई लक्षित गर्दै ‘SEE Boost-Up Seminar – 2082 (Exam Strategy & Confidence Building)’ कार्यक्रम हुने भएको हो।
कार्यक्रम मिति २०८२ साल माघ ६ गते मंगलबार, प्रदर्शनीमार्गस्थित नेपाल प्रहरी क्लब हुनेछ। सेमिनारमा गणित, विज्ञान तथा सामाजिक अध्ययन विषयका परीक्षासम्बन्धी तयारी, रणनीति र आत्मविश्वास अभिवृद्धि गर्ने विषयमा विशेषज्ञ शिक्षक तथा प्रशिक्षकहरूले मार्गदर्शन गर्नेछन्।
एसईई परीक्षाको तयारीमा रहेका विद्यार्थीहरूलाई लक्ष्य गरी आयोजना गरिएको उक्त सेमिनारले परीक्षा रणनीति, समय व्यवस्थापन र मानसिक तयारीमा सहयोग पुग्ने आयोजक गुल्मेली शैक्षिक सञ्जालका उपाध्यक्ष तथा ग्रीन भिलेज एजुकेसन फाउन्डेसनका प्रिन्सिपल साथै प्याब्सन कीर्तिपुर नगरपालिकाका अध्यक्ष रवि भण्डारीले बताउनुभयो।
यस संस्थाका अध्यक्ष रमेश पन्थी र सचिव कमल ज्ञवाली रहेका छन् ।