Jul 27 2026 | २०८३, श्रावण ११ गते

काठमाडौ महानगरमा एक वड एक नमुना बिद्यालय छनोट ! [हेर्नुस नामसहित]

काठमाडौ महानगरमा एक वड एक नमुना बिद्यालय छनोट ! [हेर्नुस नामसहित]

  • 508
    SHARES

  • काठमाडौ महानगरमा एक वड  एक नमुना बिद्यालय  छनोट ! [हेर्नुस नामसहित]

    काठमाडौं महानगरपालिका भित्र आफ्नो मातहतका ३२ वटा विद्यालयलाई नमुना विद्यालयका रुपमा छनोट गरेको छ ।

    महानगरको आर्थिक वर्ष २०७८–७९ को नीति तथा कार्यक्रममा उल्लेख गरेको एक वडा एक नमुना विद्यालय कार्यक्रम अन्तर्गत ३२ वडा वडाका एक एक विद्यालयलाई नमुना विद्यालयका रुपमा छनोट गरेको जनाइएको छ।

    महानगर शिक्षा विभागका अनुसार वडा नम्बर दुई, २३ र २४ वडाबाट विद्यालय छनोट हुन सकेनन् । वडा नम्बर दुईमा एउटा पनि सामुदायिक विद्यालय नभएका कारण छनोटमा परेन ।

    छनोटमा परेका विद्यालयमा वडा नम्बर ४ का बासबारी मावि र पन्चकन्या आधारभूत विद्यालय रहेका छन् । त्यस्तै, वडा नम्बर १२ का दुई र २८ का दुईदुई विद्यालय रहेका छन् भने, अन्य वडाबाट एक एक विद्यालयलाई नमुना विद्यालयका रुपमा छनोट गरेको महानर शिक्षा विभागले जानकारी दियो ।

     

    हेर्नुस नामसहित !

    Screenshot_20210707-094500_Facebook.jpg

    images
    बुधवार, आषाढ २३ २०७८०९:५९:३३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार