Oct 03 2026 | २०८३, आश्विन १७ गते

एसईई परीक्षा आगामी चैत १९ देखि शुरु हुने। (तालिका सहित)

एसईई परीक्षा आगामी चैत १९ देखि शुरु हुने। (तालिका सहित)

  • 795
    SHARES

  • एसईई परीक्षा आगामी चैत १९ देखि शुरु हुने। (तालिका सहित)

    ७, माघ/ काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको एसईई परीक्षा आगामी चैत १९ देखि शुरु हुने जनाएको छ। बुधबार बसेको बोर्ड वैठकले एसईई २०८२ चैत १९ देखि २९ सम्म गर्ने निर्णय गरेको हो ।

    परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छन् ।

    चैत १९ गते अनिवार्य अंग्रेजी, २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय, २६ गते ऐच्छिक द्वितिय खण्डका सबै विषय र चैत २७, २८ र २९ गते प्राविधिक धारका बाँकी विषयको परीक्षा सञ्चालन हुने राष्ट्रिय बोर्डका उपनियन्त्रक तारा निरौलाले बताए ।

    Polish_20260121_184532364.jpg

    परीक्षार्थाीको विवरण पुरै नआईसके बताउँदै कक्षा ९ को रजिष्ट्रेसन भरेका विद्यार्थीका आधारमा नियमित तर्फ ४ लाख ५२ हजार ०४५ रहेकोले त्यसैको अनुपातमा परीक्षार्थी हुन सक्ने र पूरक तर्फ नयाँ कोर्षका परीक्षा दिनु पर्ने विद्यार्थी ६२ हजार, पुराना कोर्षका ८ हजार गरी करिब ५ लाख २० हजारदेखि २५ हजारसम्म विद्यार्थीहरु परीक्षामा सहभागी हुन सक्ने निरौलाले बताए ।

    FB_IMG_1769000317287.jpg

     

    images
    बुधवार, माघ ८ २०८२०६:४२:५३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार