Jul 27 2026 | २०८३, श्रावण ११ गते

सरस्वती पुजामा नि:शुल्क दन्त शिविर तथा शैक्षिक प्रदर्शनी हुने

सरस्वती पुजामा नि:शुल्क दन्त शिविर तथा शैक्षिक प्रदर्शनी हुने

  • 421
    SHARES

  • सरस्वती पुजामा नि:शुल्क दन्त शिविर तथा शैक्षिक प्रदर्शनी हुने

    काठमाडौँ । कामना इन्टरनेशनल स्कुल/कलेजले वसन्त पुजाको अवसरमा सरस्वती पूजा तथा अक्षरारम्भको अवसरमा निःशुल्क दन्त शिविर तथा शैक्षिक प्रदर्शनी कार्यक्रम आयोजना गर्ने भएको छ।

    विद्यालय/कलेजले सरस्वती माताको विधिपूर्वक पूजा, अर्चना, निःशुल्क दन्त शिविर तथा शैक्षिक प्रदर्शनी कार्यक्रम आयोजना गर्न लागेको प्रिन्सिपल नवराज पाण्डेले जानकारी दिनुभयो।

    कार्यक्रम मिति २०८२ माघ ९ गते शुक्रबार बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म विद्यालय प्राङ्गण सानोभ¥याङ, काठमाडौँमा सञ्चालन हुनेछ।

    उक्त शैक्षिक प्रदर्शनी तथा नि:शुल्क दन्त शिविर कार्यक्रममा अभिभावक, विद्यार्थी तथा शिक्षाप्रेमी महानुभावहरूको गरिमामय उपस्थितिका लागि विद्यालयले हार्दिक निमन्त्रणा गरेको छ।

    साथै, श्रीपञ्चमीको अवसरमा प्ले ग्रुपदेखि कक्षा ५ सम्म विशेष छुटमा भर्ना खुला गरिएको विद्यालयले जनाएको छ।

    images
    बिहिवार, माघ ९ २०८२०१:२७:३३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार