Jul 27 2026 | २०८३, श्रावण ११ गते

एभरेस्ट इनोभेटिभ स्कुलमा अभिभावक दिवस तथा सरस्वती पूजा भव्य रूपमा सम्पन्न

एभरेस्ट इनोभेटिभ स्कुलमा अभिभावक दिवस तथा सरस्वती पूजा भव्य रूपमा सम्पन्न

  • 574
    SHARES

  • एभरेस्ट इनोभेटिभ स्कुलमा अभिभावक दिवस तथा सरस्वती पूजा भव्य रूपमा सम्पन्न

    माघ १०, काठमाडौँ । काठमाडौँ महानगरपालिका–१३, कालिमाटीमा अवस्थित एभरेस्ट इनोभेटिभ स्कुल (EIS) ले माघ ९ गते सरस्वती पूजाको अवसर पारेर अभिभावक दिवस–२०८१ भव्य रूपमा सम्पन्न गरेको छ। शुक्रवार सरस्वती पुजा तथा अभिभावक दिवस सम्पपन्न गरेको हो।

    IMG-20260124-WA0044.jpg

    अभिभावक दिवसको अवसरमा विद्यार्थीहरूले विविध सांस्कृतिक पहिचान झल्किने गीत, नृत्य तथा प्रहसन प्रस्तुत गरेका थिए। साथै विभिन्न विधा र विषयमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी तथा व्यक्तित्वहरूलाई पुरस्कार वितरण तथा सम्मान गरिएको थियो।

    FB_IMG_1769266821922.jpg

    स्कुलका अध्यक्ष तथा EIC Education Network का प्रशासनिक प्रमुख रामप्रसाद पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालय निरीक्षक शान्ति पौडेल प्रमुख अतिथि रहनुभएको थियो।

    IMG-20260124-WA0045.jpg

    कार्यक्रममा विशेष अतिथिका रूपमा समाजसेवी सुमन सायामी, EIC Education Network का अध्यक्ष शंकर दुलाल, कार्यकारी प्रमुख हरि प्रसाद काफ्ले, क्याम्पस चिफ दिपक कुमार झा, व्यवस्थापन विभाग प्रमुख गोपाल प्रसाद दुलाल, EIS का प्रिन्सिपल के.बी. चित्रकार, ECA कोर्डिनेटर अनिल कुमार श्रेष्ठ, अभिभावक तथा समाजसेवी भिमसेन रेग्मि लगायत स्थानीय समाजसेवी, अभिभावक, शिक्षक तथा कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। भने कार्यक्रम शिक्षक निलोरफ अन्सारीले सञ्चालन गर्नुुुभएको थियो।

    IMG-20260124-WA0091.jpg

    पञ्चकन्याद्वारा अतिथिहरूलाई फूल तथा मालाले स्वागत गरिएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल के.बी. चित्रकारले स्वागत मन्तव्य दिँदै विद्यालयको शैक्षिक प्रगति र कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनुभयो। उहाँले अभिभावकलाई विद्यालयप्रति पूर्ण विश्वास राख्न आग्रह गर्नुभयो।

    IMG-20260124-WA0106.jpg

    कार्यक्रमका प्रमुख अतिथि तथा विद्यालय निरीक्षक लक्ष्मी पौडेलले अभिभावक दिवस तथा सरस्वती पूजाजस्ता कार्यक्रमले विद्यालय, अभिभावक र विद्यार्थीबीचको सम्बन्धलाई अझ मजबुत बनाउने बताउनुभयो। उहाँले शैक्षिक सफलताका लागि केवल विद्यालय मात्र नभई अभिभावकको सक्रिय भूमिका पनि अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै बालबालिकाको नैतिक, बौद्धिक तथा व्यवहारिक विकासमा संयुक्त प्रयास आवश्यक रहेको धारणा राख्नुभयो। साथै उहाँले एभरेस्ट इनोभेटिभ स्कुलले शैक्षिक गुणस्तर र संस्कारयुक्त शिक्षामा दिएको प्राथमिकताको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता रचनात्मक तथा शैक्षिक कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिनुभयो।

    FB_IMG_1769267668636.jpg

    त्यस्तै, प्रशासनिक प्रमुख रामप्रसाद पौडेलले विद्यालयको भावी योजना प्रस्तुत गर्दै अभिभावकले आफ्ना बालबालिकाको पठनपाठनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो। “बच्चाले विद्यालयमा के गर्छ, होमवर्क गरेको छ कि छैन, ड्रेस ठीक छ कि छैन भन्ने कुरा अभिभावकले नियमित रुपमा हेर्नुपर्छ,” उहाँले भन्नुभयो। साथै अभिभावक बैठकमा सहभागी भई आफ्ना बालबालिकाका समस्या साझा गरेर विद्यालयसँग सहकार्य गर्नसमेत आग्रह गर्नुभयो।

    FB_IMG_1769267156081.jpg

    सरस्वती पूजाको अवसरमा यस वर्ष १५ दिनसम्म निःशुल्क भर्ना तथा आगामी वैशाखसम्म शुल्क नलिने व्यवस्था गरिएको जानकारी दिँदै उहाँले पाठ्यक्रमसँगै अतिरिक्त क्रियाकलाप र सिपमूलक शिक्षामा पनि विशेष जोड दिइने बताउनुभयो।

    कार्यकारी प्रमुख हरि प्रसाद काफ्लेले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अभिभावक, शिक्षक र विद्यालयबीच त्रिकोणात्मक सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।

    IMG-20260124-WA0108(1).jpg

    उहाँले बालमैत्री शिक्षण वातावरण, सकारात्मक अभिभावक–शिक्षक सम्बन्ध र गुणस्तरीय शिक्षामा जोड दिइने धारणा राख्नुभयो। साथै विद्यालयको भौतिक पूर्वाधारमा उल्लेख्य सुधार भइसकेको र अब शिक्षाको गुणस्तर अभिवृद्धिमा थप ध्यान केन्द्रित गरिने बताउनुभयो।

    IMG-20260124-WA0100.jpgFB_IMG_1769266965358.jpgFB_IMG_1769266983702.jpgFB_IMG_1769266839705.jpg

    images
    शनिवार, माघ ११ २०८२०८:३७:३३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार