Jul 27 2026 | २०८३, श्रावण ११ गते

विज्डम एकेडेमीले गर्यो विज्ञान, कला तथा शिल्प प्रदर्शनी

विज्डम एकेडेमीले गर्यो विज्ञान, कला तथा शिल्प प्रदर्शनी

  • 537
    SHARES

  • विज्डम एकेडेमीले गर्यो विज्ञान, कला तथा शिल्प प्रदर्शनी

    काठमाडौँ, माघ ११ । काठमाडौँ महानगरपालिका–कलंकीमा अवस्थित विज्डम एकेडेमीले ‘विज्ञान, कला तथा शिल्प प्रदर्शनी–२०८२’ भव्य रूपमा सम्पन्न गरेको छ। शनिबार विद्यालय परिसरमा आयोजना गरिएको प्रदर्शनीमा आधारभूत तहदेखि कक्षा १० सम्मका विद्यार्थीहरूले तयार पारेका विविध सिर्जनात्मक सामग्रीहरू प्रदर्शनीमा राखिएका थिए।

    IMG-20260125-WA0127.jpg

    प्रदर्शनीमा अभिभावक, सामाजिक व्यक्तित्व तथा स्थानीय स्थानीय शैक्षिक व्यक्तित्वहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

    IMG-20260125-WA0093.jpg

    विद्यार्थीहरूले बनाएका कला तथा शिल्प सामग्री, पेन्टिङ, प्रोजेक्ट वर्क पोर्टफोलियो, शैक्षिक सामग्री तथा डकुमेन्ट्रीहरू प्रदर्शनीमा प्रस्तुत गरिएको थियो। साथै स्थानीय स्रोतसाधनको प्रयोग गरी तयार गरिएका सोलार सिस्टम, प्रकाश परावर्तन (Reflection of Light), एआईमा आधारित प्रविधि, वातावरण संरक्षण, ऊर्जा स्रोत विकासजस्ता विज्ञानसम्बन्धी परियोजनाहरू पनि प्रदर्शित थिए।

    IMG-20260125-WA0088.jpg

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्राचार्य, शिक्षक तथा अभिभावकहरूले प्रदर्शनीमा राखिएका परियोजनाहरू अवलोकन गर्नुका साथै विद्यार्थीहरूले आफ्ना सिर्जनाबारे दिएको प्रस्तुति सुनेका थिए।

    IMG-20260125-WA0089.jpg

    प्राचार्य शिवप्रसाद अधिकारीका अनुसार कक्षाकोठामा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रूपमा प्रयोग गर्न सकून् भन्ने उद्देश्यले यस्तो प्रदर्शनी आयोजना गरिएको हो। विद्यार्थीका सिर्जनाबाट नयाँ–नयाँ आविष्कार सम्भव छ भन्ने कुरा यस प्रदर्शनीले प्रमाणित गरेको उहाँले बताउनुभयो।

    IMG-20260125-WA0114.jpg

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम अधिकारीले यस्ता प्रदर्शनीले विद्यार्थीको अन्तरनिहित क्षमता पहिचान गर्न सहयोग पुग्ने र अभिभावकलाई पनि आफ्ना सन्तानको सिर्जनात्मक गतिविधि नजिकबाट हेर्ने अवसर मिल्ने बताउनुभयो। विज्ञान, कला तथा शिल्प प्रदर्शनी विद्यार्थीका लागि ‘एक्सपोजर’को राम्रो माध्यम बन्ने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो।

    IMG-20260125-WA0098.jpg

    शिक्षण–सिकाइ प्रक्रियामा आधुनिक प्रविधिसँग प्रत्यक्ष साक्षात्कार गराउँदै विद्यार्थीमा सिर्जनशीलता विकास गर्ने तथा भविष्यमा राष्ट्रका लागि सक्षम जनशक्ति उत्पादन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको विद्यालयले जनाएको छ। प्रदर्शनीमा सहभागी अभिभावकहरूले आफ्ना छोराछोरीले तयार पारेका सामग्री देखेर खुसी व्यक्त गरेका थिए।

    IMG-20260125-WA0124.jpgIMG-20260125-WA0092.jpgIMG-20260125-WA0123.jpg

    images
    आइतवार, माघ १२ २०८२०८:०५:२२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार