Jul 27 2026 | २०८३, श्रावण ११ गते

विद्यालय कर्मचारी परिषद्ले लुम्बिनी प्रदेशमा जागरण भेला गर्यो।

विद्यालय कर्मचारी परिषद्ले लुम्बिनी प्रदेशमा जागरण भेला गर्यो।

  • 436
    SHARES

  • विद्यालय कर्मचारी परिषद्ले लुम्बिनी प्रदेशमा जागरण भेला गर्यो।

    बुटवल। नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले पहिलोपटक तथा प्रदेशस्तरीय दोस्रो जागरण अभियानअन्तर्गत प्रदेशस्तरीय भेला सम्पन्न गरेको छ। राष्ट्रिय समितिको मिति २०८२ पुस १२ गतेको निर्णयअनुसार नेतृत्व क्षमता अभिवृद्धि तथा संगठन सुदृढीकरणसम्बन्धी भेला आयोजना गरिएको हो।

    भेलाका प्रमुख अतिथि राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारी रहनुभएको थियो भने विशेष अतिथिमा महासचिव शान्ति नाथ योगी सहभागी हुनुभएको थियो। उक्त भेलामा उपमहासचिव डाम्बर ओली, राससका प्रतिनिधि मीनेश श्रेष्ठ, दाङ जिल्ला अध्यक्ष तप्तराज शर्मा, कपिलवस्तु जिल्ला अध्यक्ष तिवारी, बर्दिया जिल्ला अध्यक्ष सुदन चौधरी, रुपन्देही जिल्ला अध्यक्ष होमप्रसाद ढकाल, बाँके जिल्ला अध्यक्ष उपेन्द्र यादव तथा स्थानीय तहस्तरीय कमिटीका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

    उक्त भेला प्रदेश कमिटीका सचिव दुधराज चौधरीले सञ्चालन गर्नुभएको थियो भने सभापतित्व प्रदेश कमिटीका अध्यक्ष गोविन्द घर्तीले गर्नुभएको थियो।

    भेलामा स्थानीय तहस्तरीय कमिटीका निर्णय कार्यान्वयन नहुनु प्रमुख समस्या रहेको समीक्षा गर्दै संगठन सुदृढीकरणलाई प्राथमिकता दिनुपर्ने निर्णय गरिएको छ। साथै लुम्बिनी प्रदेश अन्तर्गतका सम्पूर्ण कमिटीहरू माघ मसान्तभित्र गठन गरिसक्ने निर्णय समेत गरिएको छ।

    यही माघ १७ गते मधेस प्रदेशको मलंगवामा तथा माघ २४ गते विराटनगरमा आयोजना हुने कार्यक्रमहरूलाई थप सशक्त ढंगबाट अघि बढाउने निर्णय पनि भेलाले गरेको छ।

    कार्यक्रममा हालसम्म भएका सहमतिहरू कार्यान्वयन नहुनु तथा स्थानीय सरकारले सेवा–सुविधा उपलब्ध नगराएको विषयमा स्थानीय तहका कमिटी अध्यक्षहरूले रिपोर्टिङ प्रस्तुत गरेका थिए। सो अवसरमा राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्ति नाथ योगीले जवाफ तथा धारणा राख्नुभएको थियो।

    नेतृत्व क्षमता विकास शीर्षकमा अध्यक्ष तिवारीले र संगठन सुदृढीकरण शीर्षकमा महासचिव योगीले प्रशिक्षणमूलक धारणा राख्नुभएको थियो। राष्ट्रिय समितिले सञ्चालन गरेका हरेक गतिविधिको सकारात्मक सन्देश प्रवाह गर्दै कार्यक्रमहरूको प्रभावकारिता अभिवृद्धि गर्ने निर्णय समेत गरिएको छ।

    images
    आइतवार, माघ १२ २०८२०८:४६:४६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार