सोमवार, माघ १३ २०८२
काठमाडौं, माघ १२ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको कार्यप्रणालीमा सुधार, विकेन्द्रीकरण तथा पूर्ण विद्युतीकरणको माग गर्दै धर्ना तथा दबाबमूलक कार्यक्रम आयोजना गरिएको छ।
समयमै परीक्षा, समयमै नजिता भन्ने मुल नारासहित विद्यार्थीहरुले बिहान ९ बजेदेखि त्रिवि परीक्षा नियन्त्रण कार्यलयमा धर्ना दिएका हुन्।
विद्यार्थीहरुले प्रत्येक प्रदेशमा कम्तीमा एकवटा मौका परीक्षा केन्द्रको व्यवस्था गरिनुपर्ने।, मूल्याङ्कन प्रणालीको पुनर्संरचना गर्दै सेवा प्रवाहलाई प्रभावकारी र सुदृढ बनाइनुपर्ने।, थेसिस तथा शोधप्रबन्धको मूल्याङ्कन प्रदेशस्तरमै हुने व्यवस्था कार्यान्वयन गरिनुपर्ने लगाएत मागहरु राखेका छन् ।
त्यसैगरी समयमै परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनको सुनिश्चितता गरिनुपर्ने।, परीक्षा प्रणालीलाई पूर्ण रूपमा डिजिटल तथा प्रविधिमैत्री बनाइनुपर्ने।, प्रमाणपत्र वितरण प्रक्रियामा विकेन्द्रीकरण गर्दै क्याम्पस तथा कलेजसँग समन्वय गरी सेवा प्रवाह सहज बनाइनुपर्ने।, परीक्षा सञ्चालन तथा मूल्याङ्कन प्रक्रियामा पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गरिनुपर्ने निष्पक्ष र विश्वसनीय परीक्षा सञ्चालनका लागि परीक्षा केन्द्र निर्धारण निष्पक्ष ढंगले गरिनुपर्ने।, विद्यार्थी गुनासो व्यवस्थापन प्रणालीलाई प्रभावकारी र छिटोछरितो बनाइनुपर्ने मागहरु विद्यार्थीले राखेका छन्।
