Oct 03 2026 | २०८३, आश्विन १७ गते

ज्योति एकेडेमीको रोबोटिक्स, विज्ञान तथा शैक्षिक प्रदर्शनी सम्पन्न

ज्योति एकेडेमीको रोबोटिक्स, विज्ञान तथा शैक्षिक प्रदर्शनी सम्पन्न

  • 662
    SHARES

  • ज्योति एकेडेमीको रोबोटिक्स, विज्ञान तथा शैक्षिक प्रदर्शनी सम्पन्न

    काठमाडौँ । नागार्जुन नगरपालिका–४, सितापाइलास्थित ज्योति एकेडेमीमा आयोजित रोबोटिक्स विज्ञान तथा शैक्षिक प्रदर्शनी–२०८२ सम्पन्न भएको छ। शनिबार विद्यालय प्राङ्गणमा आयोजना गरिएको उक्त प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएको हो।

    IMG-20260201-WA0002.jpg

    उक्त प्रदर्शनीमा रोबोर्टको माध्यमबाट पानसमा दियो बालेर नागार्जुन नगरपालिकाका शिक्षा शाखा प्रमुख कृष्णबहादुर कुवरले उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा नागार्जुन नगर प्याब्सनका अध्यक्ष वासुदेव घिमिरेको विशेष उपस्थिति रहेको थियो। उहाँले विद्यहरुले बनाएको प्रोजेक्टगरुको अवलोकन गर्नुभएको थियो।

    IMG-20260201-WA0022.jpg

    प्रदर्शनीमा नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीहरूले पाठ्यक्रममा आधारित शैक्षिक क्रियाकलाप, रोबोटिक्स विज्ञान, नवप्रवर्तन तथा अनुसन्धानमा आधारित विविध शैक्षिक सामग्रीहरू प्रस्तुत गरेका थिए। विद्यार्थीहरूले तयार पारेका सिर्जनात्मक तथा प्रयोगात्मक सामग्रीहरूलाई विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकहरूले उत्साहपूर्वक अवलोकन गरेका थिए। भने आफ्नो बाबुनानिले बनाएको प्रोजेक्ट हेरेर अभिभावकहरु अत्यन्तै खुसी देखिन्थे।

    IMG-20260201-WA0069.jpg

    शैक्षिक प्रदर्शनीबारे जानकारी दिँदै ज्योति एकेडेमीका प्रिन्सिपल गोविन्द पंगेनिले यस्ता शैक्षिक गतिविधिहरूले विद्यार्थीहरूको सिर्जनात्मक क्षमता, अनुसन्धानशील सोच र व्यवहारिक ज्ञान विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले विद्यालयले भविष्यमा पनि विज्ञान, प्रविधि र नवप्रवर्तनलाई प्राथमिकता दिँदै यस्ता कार्यक्रम निरन्तर आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    IMG-20260201-WA0075.jpg

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरपालिकाका शिक्षा शाखा प्रमुख कृष्णबहादुर कुवरले शैक्षिक प्रदर्शनीले विद्यार्थीहरूको सिर्जनशीलता, नवप्रवर्तन र व्यवहारिक सिकाइलाई उजागर गर्ने बताउनुभयो । उहाँले पाठ्यक्रममा आधारित विविध शैक्षिक सामग्री तथा प्रयोगात्मक प्रदर्शनी समावेश गरिने हुनाले विद्यार्थीहरुको विद्यार्थीहरूमा सृजनात्मक सोच, वैज्ञानिक दृष्टिकोण र आत्मविश्वास विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

    IMG-20260201-WA0032.jpg

    उक्त शैक्षिक प्रदर्शनीमा विभिन्न विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक तथा शिक्षामा चासो राख्ने व्यक्तिहरूको उपस्थित रहेको थियो। साथै प्रदर्शनीमा देखाइएको विद्यार्थीहरूको प्रस्तुति, रोबोटिक्स परियोजना तथा शैक्षिक सामग्रीले उपस्थित अभिभावक तथा आगन्तुकहरूलाई आकर्षित गरेको थियो।

    IMG-20260201-WA0066.jpgIMG-20260201-WA0044.jpgIMG-20260201-WA0052.jpgIMG-20260201-WA0026.jpg

    images
    आइतवार, माघ १९ २०८२०७:३२:४९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार