Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्याब्सन ग्राण्ड क्विज च्याम्पियनसीप–२०८२ को उपाधि ह्विज किड्सलाई

प्याब्सन ग्राण्ड क्विज च्याम्पियनसीप–२०८२ को उपाधि ह्विज किड्सलाई

  • 436
    SHARES

  • प्याब्सन ग्राण्ड क्विज च्याम्पियनसीप–२०८२ को उपाधि ह्विज किड्सलाई

    काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काठमाडौँको आयोजनामा तथा नगर प्याब्सन कीर्तिपुरको संयोजनमा आयोजित काठमाडौँ जिल्लास्तरीय “PABSON Grand Quiz Championship–2082” को उपाधि ह्विज किड्स इन्टरनेशनल स्कुलले जितेको छ।

    IMG-20260131-WA0110~2.jpg

    माघ १६ र १७ गते कीर्तिपुर नगरप्याब्सनको संयोजनमा कीर्तिपुरस्थित पुष्पसदन सेकेन्डरी स्कुलमा सम्पन्न प्रतियोगितामा काठमाडौँ जिल्लाका नगर तथा महानगरस्तरबाट छनोट भई आएका जम्मा ३६ विद्यालयका टिमहरूबीच प्रतिस्पर्धा भएको थियो।

    IMG-20260130-WA0072~2.jpg

    कडा प्रतिस्पर्धात्मक खेलमा द्वितीय स्थान अक्सिडेन्टल स्कुल, तृतीय स्थान हिमरश्मी स्कुल, चौथो स्थान ल्याबरोटरी स्कुल, पाँचौँ स्थान ब्रह्मा कुञ्ज तथा छैटौँ स्थान शिक्षालय स्कुलले हासिल गरेका छन्।

    IMG-20260131-WA0015.jpg

    प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने समूहलाई नगद रु २० हजार, द्वितीय स्थानलाई रु १५ हजार, तृतीय स्थानलाई रु १० हजार तथा चौथो, पाँचौँ र छैटौँ स्थान हासिल गर्ने विद्यालयलाई रु ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।

    IMG-20260131-WA0170~2.jpg

    क्विज च्याम्पियनसीपको समापन समारोह प्याब्सन काठमाडौँ जिल्ला अध्यक्ष नवराज भट्टको सभापतित्व तथा प्याब्सनका संस्थापक तथा पूर्व अध्यक्ष उमेश श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। समारोहमा प्रमुख अतिथिले विजेता विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो।

    IMG-20260131-WA0161~2.jpgIMG-20260131-WA0059.jpg

    समापन समारोहमा बोल्दै प्रमुख अतिथि उमेश श्रेष्ठले निजी विद्यालयहरूले नेपालको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गर्नुभयो। उहाँले देश निर्माणमा निजी संस्थाहरूको भूमिका महत्वपूर्ण रहेको बताउँदै विद्यार्थीहरूलाई अध्ययनशील बन्न, पढ्ने बानीको विकास गर्न तथा नेपालमै पढ्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो। साथै युवाहरूलाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

    IMG-20260131-WA0073.jpg

    त्यसैगरी जिल्ला अध्यक्ष नवराज भट्टले पछिल्लो समय विद्यार्थीहरूमा बौद्धिक क्षमता तथा सामान्य ज्ञानप्रतिको रुचि घट्दै गएको सन्दर्भमा यस्ता प्रतियोगिताले समसामयिक विषय, इतिहास, भूगोल, विज्ञानलगायत विषयमा रुचि बढाउने, पठन संस्कृतिको विकास गर्ने तथा प्रतिस्पर्धात्मक आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्य राखिएको बताउनुभयो।

    IMG-20260131-WA0042.jpg

    समापन समारोहमा प्याब्सन केन्द्रका पूर्व कोषाध्यक्ष तथा सल्लाहकार एवम् पुष्पसदन सेकेन्डरी स्कुलका फाउन्डर प्रिन्सिपल महेश श्रेष्ठ, कीर्तिपुर नगरपालिका प्याब्सनका अध्यक्ष रबि भण्डारी, प्याब्सन काठमाडौँ जिल्ला सह–सचिव सौर्य आचार्य, जिल्ला कार्यसमिति सदस्य, विभिन्न नगरका पदाधिकारीहरू, सहभागी विद्यालयका प्रिन्सिपल, शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

    IMG-20260131-WA0066.jpg

    कार्यक्रमको सञ्चालन प्याब्सन काठमाडौँ जिल्ला सचिव कृष्ण भण्डारीले गर्नुभएको थियो। प्याब्सनको शैक्षिक क्यालेन्डर अन्तर्गत समावेश यस किसिमका शैक्षिक तथा बौद्धिक गतिविधिहरूले विद्यार्थीहरूमा नेतृत्व क्षमता, सामूहिक भावना, आत्मविश्वास र अध्ययनप्रतिको रुचि अभिवृद्धि हुने विश्वास प्याब्सनले व्यक्त गरेको छ।

    IMG-20260131-WA0048~2.jpgIMG-20260131-WA0038.jpgIMG-20260131-WA0031~2.jpg

    images
    आइतवार, माघ १९ २०८२०७:५५:३६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार