सोमवार, माघ २० २०८२
१९, माघ/ काठमाडौँ। काठमाडौँ महानगरपालिका–१५ विजेश्वरीमा अवस्थित द सनसाइन स्कुल तथा कलेजले आयोजना गरेको वार्षिक खेलकुद सप्ताह (स्पोर्ट्स मीट–२०८२) भव्य रूपमा सप्पन्न भएको छ।

आइतबार स्कुल/ कलेज प्रिन्सिपल बाबुराम गौतमको सभापतित्व तथा काठमाडौ महानगरपालिका वडा १३ का अध्यक्ष ईश्वरमान डंगोलको प्रमुख आतिथ्यमा पुरस्कर वितरण गर्दै सम्पन्न भएको हो। पुरस्कर वितरण समारोहमा भाइस प्रिन्सिपल तेजप्रसाद भण्डारीले स्वागत मन्तव्यराख्नुभएको थियो ।

स्पोर्ट्स मीट–२०८२ अन्तर्गत बास्केटबल, टेबलटेनिस, भलिबल, फुटसल, खोखो, म्याथ रेस, स्केटिङ, म्याराथन, म्युजिकल चियरलगायत करिब २० वटा खेलहरू खेलाइएको थियो।
कार्यक्रममा शैक्षिक सत्र २०८२ मा हालसम्म सम्पन्न भएका ECA तथा CCA कार्यक्रमहरूका प्रथम द्वितीय र तृतीय विद्यार्थीहरूलाई मेडल तथा सर्टिफिकेट वितरण गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि इश्वरमान डंगोलले द सन साइन स्कुलले विद्यार्थीहरूको शैक्षिक गुणस्तरहरूको लागि मात्र होइन स्वास्थ्य तथा शारीरिक स्वास्थ्य सम्बन्धी पनि विविध कार्यक्रमहरु गर्दै आइरहेको र टोल छिमेकमा रहेका अभिभावकहरुले यसको उत्तर प्रगतिको कामना गर्दै आफ्ना बालबालिकाले सपोर्ट गरेको कुरा बताउनुभयो।

खेलमा कक्षा यु .के.जि. , एक र दुईका अभिभावकहरू समेत केही खेलमा सहभागी हुने व्यवस्था गरिएको थियो। माघ १३ गते उद्घाटन भएको खेलकुद सप्ताहमा करिब ६ सय विद्यार्थीको सहभागिता रहको थियो।

समारोहमा विभिन्न खेलाडीलाई सम्नान गरेको छ। सम्मानित हुनेमा एन्फाका कोच सिद्धान्त रानामगर , अनिल थापा मगर, सुवास श्रेष्ष्ठ र सुरज गिरि लगाएतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल खेलाडिलाई सम्मान गरिएको थियो।




