Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिवि पाठ्यक्रम विकास केन्द्रद्वारा समकक्षता छानविनबारे ३५ दिने सार्वजनिक सूचना

त्रिवि पाठ्यक्रम विकास केन्द्रद्वारा समकक्षता छानविनबारे ३५ दिने सार्वजनिक सूचना

  • 358
    SHARES

  • त्रिवि पाठ्यक्रम विकास केन्द्रद्वारा समकक्षता छानविनबारे ३५ दिने सार्वजनिक सूचना

    कीर्तिपुर, २१ माघ । त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले समकक्षता छानविनसम्बन्धी ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ।

    केन्द्रले मधेश प्रदेश धनुषा जिल्ला घर भएका अमीर कुमार शर्मा र कोशी प्रदेश झापा जिल्ला घर भएका ओम प्रकाश बिष्टले संयुक्त अरब इमिरेट्सस्थित Britts Imperial University College बाट प्राप्त गरेको Masters of Business Administration in Hospitality Management उपाधिको समकक्षतासम्बन्धी विषयमा प्रश्न उठेको जनाइएको छ।

    उक्त केन्द्रबाट क्रमशः २०८१ चैत ०७ मा च.नं. १४९७७ र २०८१ चैत १५ मा च.नं. १५३१० अनुसार प्रदान गरिएको समकक्षतामा सम्बन्धित संस्थाको वैधानिक हैसियत तथा उपाधि प्रदान गर्ने अधिकारबारे स्पष्टता आवश्यक देखिएको केन्द्रले जनाएको छ।

    यस सन्दर्भमा Britts Imperial University College को वैधानिकता र उपाधि प्रदान गर्न पाउने अधिकारसम्बन्धी कुनै आधिकारिक कागजात भए, सो कागजातसहित सम्बन्धित उपाधिका प्रमाणपत्र तथा पाठ्यक्रम विकास केन्द्रबाट जारी गरिएको समकक्षता पत्रसहित आफ्नो दाबी–ब्यहोरा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र केन्द्रमा पेश गर्न आग्रह गरिएको छ।

    तोकिने समयसीमाभित्र आवश्यक कागजात पेश नगरेमा कानुन बमोजिम कारबाही हुनेसमेत केन्द्रले सूचनामार्फत स्पष्ट पारेको छ।

    FB_IMG_1770175682883.jpg

    images
    बुधवार, माघ २२ २०८२०९:२०:२९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार