Oct 02 2026 | २०८३, आश्विन १६ गते

‘बेटी पढाउ, बेटी बचाउ' अभियान कागजमै सीमित, ४ हजार साइकल वर्षौंदेखि गोदाममै थन्किए

‘बेटी पढाउ, बेटी बचाउ' अभियान कागजमै सीमित, ४ हजार साइकल वर्षौंदेखि गोदाममै थन्किए

  • 588
    SHARES

  • ‘बेटी पढाउ, बेटी बचाउ' अभियान कागजमै सीमित, ४ हजार साइकल वर्षौंदेखि गोदाममै थन्किए

    जनकपुर, २३ माघ — मधेस प्रदेशमा छोरीको शिक्षालाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु गरिएको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमको कार्यान्वयन पक्ष कमजोर देखिएको छ। कार्यक्रम अन्तर्गत खरिद गरिएका चार हजारभन्दा बढी साइकल वर्षौंदेखि गोदाममै थन्किएका छन्।

    तत्कालीन मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको पहिलो प्रदेश सरकारले सुरु गरेको यस कार्यक्रम अन्तर्गत २७ हजारभन्दा बढी साइकल खरिद गरिएको थियो। तर वितरण योजना, लाभग्राही पहिचान र अनुगमन कमजोर हुँदा ठूलो संख्यामा साइकल प्रयोगमै आउन सकेका छैनन्।

    FB_IMG_1770378584646.jpg

    हाल ती साइकलहरू जनकपुरधामस्थित चुरोट कारखाना (मधेस भवन) को गोदाममा थन्किएको अवस्थामा भेटिएका छन्। लामो समयदेखि प्रयोगविहीन रहँदा साइकल बिग्रने जोखिम बढेको छ भने सरकारी स्रोतको प्रभावकारी उपयोगमाथि प्रश्न उठेको छ। छोरीहरूलाई विद्यालयसम्म सहज पहुँच पुर्‍याउने उद्देश्यले सुरु गरिएको कार्यक्रम राजनीतिक प्राथमिकता परिवर्तन र प्रशासनिक लापरवाहीका कारण लक्ष्यअनुसार अघि बढ्न नसकेको सरोकारवालाहरूको भनाइ छ।

    FB_IMG_1770378586881.jpg

    शिक्षामा लगानी भनिए पनि कार्यक्रम घोषणामै सीमित हुने प्रवृत्ति दोहोरिँदा ‘बेटी पढाउ’ अभियानको मर्म नै ओझेलमा पर्ने खतरा देखिएको छ।

    images
    शुक्रवार, माघ २४ २०८२०५:३३:०३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार