Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिवि केन्द्रीय कार्यालयमा अवाञ्छित गतिविधि गर्नेलाई कानुनी कारबाहीको चेतावनी

त्रिवि केन्द्रीय कार्यालयमा अवाञ्छित गतिविधि गर्नेलाई कानुनी कारबाहीको चेतावनी

  • 551
    SHARES

  • त्रिवि केन्द्रीय कार्यालयमा अवाञ्छित गतिविधि गर्नेलाई कानुनी कारबाहीको चेतावनी

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले केन्द्रीय कार्यालयमा हालै देखिएका अवाञ्छित गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    विश्वविद्यालयका उपकुलपति कार्यालय, शिक्षाध्यक्षको कार्यालय र रजिष्ट्रार कार्यालयमा लगाइएको तालाबन्दी खोलिसकेपछि पनि केही व्यक्ति वा समूहले विद्यार्थीको नाममा कर्मचारी तथा पदाधिकारीलाई धम्क्याउने, कार्यकक्षमा प्रवेश गरी नेमप्लेट फ्याँक्ने र पदाधिकारीहरूको चरित्र हत्या गर्ने उद्देश्यले आपत्तिजनक शब्दसहितका तस्बिर टाँस्ने गतिविधि गरेको विश्वविद्यालयले बताएको छ।

    त्रिविले मिति २०८२/१०/११ मा यस विषयमा विज्ञप्ति जारी गरिसकेको स्मरण गराउँदै त्यसपछिसमेत यस्ता गतिविधि निरन्तर रहनु गम्भीर विषय भएको उल्लेख गरेको छ। विश्वविद्यालयसँग सम्बन्धित कुनै पनि माग भए शालीन र सभ्य तरिकाले प्रस्तुत गर्न विश्वविद्यालयले आग्रह गरेको छ।

    अवाञ्छित गतिविधिबाट विश्वविद्यालयको सम्पत्तिमा हानी–नोक्सानी पुर्‍याउने, चरित्र हत्या गर्ने, डर–त्रास र धम्की दिने कार्यमा संलग्न व्यक्तिको पहिचान गरी प्रचलित कानुन बमोजिम आवश्यक कानुनी कारबाही गर्न सम्बन्धित पक्षसँग विश्वविद्यालयले अपिल गरेको छ।

    त्रिवि सभा तथा कार्यकारी परिषद्‌को सचिवालयको मिति २०८२ माघ २३ गते च.न. ४५३/०८२/०८३ को पत्रअनुसार त्रिवि कार्यकारी परिषद्‌को सोही मितिको बैठकको निर्णय नं. ३३० बमोजिम उक्त विज्ञप्ति जारी गरिएको विश्वविद्यालयले जनाएको छ।

    FB_IMG_1770385094133.jpg

    images
    शुक्रवार, माघ २४ २०८२०९:०८:५१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार