Oct 03 2026 | २०८३, आश्विन १७ गते

रोटरी क्लब अफ महाबौद्धद्वारा बाल बिनोद मा.वि.का विद्यार्थीलाई छात्रवृत्ति प्रदान

रोटरी क्लब अफ महाबौद्धद्वारा बाल बिनोद मा.वि.का विद्यार्थीलाई छात्रवृत्ति प्रदान

  • 417
    SHARES

  • रोटरी क्लब अफ महाबौद्धद्वारा बाल बिनोद मा.वि.का विद्यार्थीलाई छात्रवृत्ति प्रदान

    काठमाडौं । रोटरी क्लब अफ महाबौद्धले यस वर्ष पनि बाल बिनोद माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ। क्लबले विगत पाँच वर्षदेखि निरन्तर रूपमा सञ्चालन गर्दै आएको छात्रवृत्ति कार्यक्रमअन्तर्गत मिति २०८२ साल माघ २५ गते आइतबार विद्यालयका तीन जना विद्यार्थीलाई आर्थिक सहयोग प्रदान गरिएको हो।

    छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूमा कक्षा ८ का आशिष कुमार साल्मी, कक्षा ७ की शान्ति श्रेष्ठ र कक्षा ७ कै राजन उरव रहेका छन्। उनीहरूलाई जनही सात हजार रुपैयाँका दरले क्लबका अध्यक्ष (प्रेसिडेन्ट) श्याम तण्डुकारले छात्रवृत्ति हस्तान्तरण गर्नुभएको हो।

    बाल बिनोद माध्यमिक विद्यालयको हिरक जयन्तीको अवसरमा आयोजित भव्य तथा सभ्य समारोहका बीच छात्रवृत्ति प्रदान गरिएको थियो। उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न रोटरी क्लब अफ महाबौद्धका पास्ट प्रेसिडेन्ट बत्स कुमार शाक्यले संयोजनात्मक भूमिका निर्वाह गर्नुभएको थियो।

    सोही अवसरमा क्लबका पास्ट प्रेसिडेन्ट सुरेन्द्र शाक्यले विद्यार्थीहरूको स्टेशनरी सामग्रीका लागि विद्यालयका प्रधानाध्यापक अनिल कुमार झालाई १० हजार रुपैयाँ नगद सहयोगसमेत हस्तान्तरण गर्नुभयो।

    विद्यालयको हिरक जयन्ती समारोहमा पूर्व प्रधानाध्यापक, शिक्षक, कर्मचारी तथा पूर्व विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। साथै, विद्यार्थीहरूद्वारा प्रस्तुत विविध नृत्य तथा सांस्कृतिक कार्यक्रमले समारोहलाई अझ उत्साहमय र शोभायमान बनाएको थियो।

    कार्यक्रमले विद्यालय र समुदायबीचको सहकार्य तथा शैक्षिक विकासप्रतिको साझा प्रतिबद्धतालाई थप मजबुत बनाएको सहभागीहरूको प्रतिक्रिया रहेको

    images
    आइतवार, माघ २६ २०८२०९:०३:१७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार