Oct 03 2026 | २०८३, आश्विन १७ गते

विज्ञान, प्रविधि तथा नवप्रवर्तन सम्मेलन–प्रदर्शनी र स्टार्टअप ह्याकाथोन कार्यक्रम सञ्चालनका लागि निवेदन माग

विज्ञान, प्रविधि तथा नवप्रवर्तन सम्मेलन–प्रदर्शनी र स्टार्टअप ह्याकाथोन कार्यक्रम सञ्चालनका लागि निवेदन माग

  • 456
    SHARES

  • विज्ञान, प्रविधि तथा नवप्रवर्तन सम्मेलन–प्रदर्शनी र स्टार्टअप ह्याकाथोन कार्यक्रम सञ्चालनका लागि निवेदन माग

    काठमाडौँ । चालू आर्थिक वर्ष २०८२/८३ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विज्ञान, प्रविधि तथा नवप्रवर्तन सम्बन्धी सम्मेलन, प्रदर्शनी तथा स्टार्टअप ह्याकाथोन कार्यक्रम सञ्चालन गर्न आर्थिक सहयोग आवश्यक पर्ने आयोजक संस्थाहरूलाई सरकारद्वारा अनुदानका लागि निवेदन माग गरेको छ।

    विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले आफ्नो वेवसाईटमार्फत प्रकाशित सूचना अनुसार इच्छुक आयोजक संस्थाले मन्त्रालयको वेवसाईटमा उपलब्ध ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन सम्बन्धी सम्मेलन, प्रदर्शनी तथा स्टार्टअप ह्याकाथोन अनुदान कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०८२’ बमोजिम आवश्यक विवरणसहित निवेदन पेश गर्न सक्नेछन्।

    उक्त सूचना कार्यविधिको दफा ५ को उपदफा (१) को प्रयोजनार्थ प्रकाशित गरिएको मन्त्रालयले जनाएको छ। कार्यविधिअनुसार प्रस्तुत गरिने प्रस्तावमा कार्यक्रमको उद्देश्य, कार्ययोजना, अनुमानित बजेट, अपेक्षित उपलब्धि तथा आयोजक संस्थाको विवरण अनिवार्य रूपमा समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

    मन्त्रालयका अनुसार यस अनुदान कार्यक्रममार्फत देशमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास, अनुसन्धान प्रवर्द्धन, स्टार्टअप संस्कृति सुदृढीकरण तथा युवा नवप्रवर्तकलाई प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ। इच्छुक संघ–संस्था तथा आयोजकहरूले तोकिएको म्यादभित्र मन्त्रालयको वेवसाईटमार्फत आवेदन पेश गर्न मन्त्रालयले आग्रह गरेको छ।

    FB_IMG_1770727405939.jpg

    images
    मंगलवार, माघ २८ २०८२०७:०२:२४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार