Jul 27 2026 | २०८३, श्रावण ११ गते

स्थानीय सरकारलाई इसीडी शिक्षकको ज्ञापनपत्र ! सरकारले तोके बमोजिम पारिश्रमिक नपाए कडा आन्दोलन गर्ने चेतावनी !

स्थानीय सरकारलाई इसीडी शिक्षकको ज्ञापनपत्र ! सरकारले तोके बमोजिम पारिश्रमिक नपाए कडा आन्दोलन गर्ने चेतावनी !

  • 1.5K
    SHARES

  • स्थानीय सरकारलाई इसीडी शिक्षकको ज्ञापनपत्र ! सरकारले तोके बमोजिम पारिश्रमिक नपाए कडा आन्दोलन गर्ने  चेतावनी !

    काठमाडौं: इनरुवा - सरकारले घोषणा गरे अनुसार मासिक पारिश्रमिक पाउनु पर्ने माग राख्दै इसीडी शिक्षक र विद्यालय कर्मचारी देशैभरी विभिन्न स्थानमा आन्दोलनमा उत्रेका छन। सरकारले तोके बमोजिम पारिश्रमिक पाउनु पर्ने माग राख्दै आन्दोलनमा उत्रिएका हुन ।

    यश अघि आ.व.०७८/०७९ को बजेट सरकारले बाल विकास शिक्षक तथा विद्यालय कर्मचारीहरुको मासिक पारिश्रमिक १५ हजार रुपैंया दिने निर्णय गरेको थियो । जसअन्तर्गत केन्द्रबाट ८ हजार र बाँकी ७ हजार स्थानीय तहले थप गरि मासिक पारीश्रमिक दिने निर्णय भएको थियो ।

    यसै क्रममा सुनसरीस्थित इनरुवा नगरपालिकालाई इसीडी शिक्षक र क्रमचारिले ज्ञापन पत्र समेत बुझाएका  छन् । यसअघि उनिहरु चारणवद्ध आन्दोलन गर्दै आएका थिए ।

    शिक्षकहरुले आफ्ना मागहरु आगामी साउनबाट लागु हुनुपर्ने र मागहरुको अपहेलना गरिए चरणबद्ध र चर्को आन्दोलन गर्ने घोषणा गरेका छन् ।

    उनिहरुले भनेका छन, 'हामी राज्यबाट हेपिएका छौ। हाम्रो श्रम लुटिएको छ। श्रम शोषण गर्न पाईंदैन’, ‘नेपाल सरकारले तोकेको पारिश्रमित दिनैपर्छ, । ‘हामी हाम्रो हकअधिकारका लागि लडिरहेका छौं, कसैको भाग खोस्न होइन’ जस्ता नारा समेत लगाएका छन् ।

    यदि माग पूरा नभए आन्दोलनको आँधिबेहरी ल्याउने र आन्दोलनको सम्पूर्ण जिम्मेवारी नगरपालिकाले नै बेहोर्नु पर्ने शिक्षकहरुले जनाएका छन् । 

    Screenshot_20210709-100729_Facebook.jpgScreenshot_20210709-101016_Facebook.jpg

    हेर्नुस मागपत्र !

    Screenshot_20210709-094535_Facebook.jpg

    images
    शुक्रवार, आषाढ २५ २०७८१०:०९:३९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार