Jul 27 2026 | २०८३, श्रावण ११ गते

हिसान नागार्जुन, कीर्तिपुर, चन्द्रागिरीको दोस्रो नगर अधिवेशन सम्पन्न

हिसान नागार्जुन, कीर्तिपुर, चन्द्रागिरीको दोस्रो नगर अधिवेशन सम्पन्न

  • 522
    SHARES

  • हिसान नागार्जुन, कीर्तिपुर, चन्द्रागिरीको दोस्रो नगर अधिवेशन सम्पन्न

    काठमाडौँ, २०८२ – उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) अन्तर्गत नागार्जुन, कीर्तिपुर र चन्द्रागिरी नगरको संयुक्त दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ। निजी शैक्षिक क्षेत्रको सुदृढीकरण र संस्थागत एकतामा जोड दिँदै अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ।

    IMG-20260213-WA0008.jpg

    कार्यक्रम अध्यक्ष जयराम चापागाईंको सभापतित्व्मा प्रमुख अतिथिका रूपमा संस्थापक उमेश श्रेष्ठको उपस्थिति रहेको थियो।

    IMG-20260213-WA0060.jpg

    दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा जयराम चापागाईं चयन हुनुभएको छ। त्यसैगरी उपाध्यक्षमा गोविन्द पंगेली, सचिवमा शम्भु घिमिरे, सह–सचिवमा सुगन्ध राज रेग्मी र कोषाध्यक्षमा सतीस खड्का चयन हुनुभएको छ। सदस्यहरूमा प्रकाशमान शाही, यमन गुरुङ, मनिषा श्रेष्ठ, अन्जना श्रेष्ठ र चन्द्र क्षेत्री चयन हुनुभएको छ।

    IMG-20260213-WA0116.jpg

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा संस्थापक उमेश श्रेष्ठले शुभकामना तथा बधाई मन्तव्य व्यक्त गर्दै “वास्तवमा हिसान, प्याब्सन र एनप्याब्सन मिलेर जानुपर्छ, एक हुनुपर्छ” भन्ने धारणा राख्नुभयो। उहाँले निजी शैक्षिक संस्थाहरूबीच एकता भएमा मात्र शिक्षा क्षेत्र थप सशक्त बन्ने उल्लेख गर्नुभयो। श्रेष्ठले निजी शिक्षण संस्थाहरूबीच सहकार्य र समन्वय अपरिहार्य रहेको बताउनुभयो। उहाँले बदलिँदो शैक्षिक परिवेशमा गुणस्तर, अनुशासन र प्रतिस्पर्धात्मक क्षमतामा जोड दिनुपर्ने धारणा राख्नुभयो।

    IMG-20260213-WA0118.jpg

    उक्त अधिवेशनमा वरिष्ठ उपाध्यक्ष स्वागत श्रेष्ठ, महासचिव रामहरि सिलवाल तथा कोषाध्यक्ष शिव प्रसाद अधिकारीले अधिवेशन सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गर्नुभयो। महासचिव सिलवालले आफ्नो शुभकामना मन्तव्यमा निजी विद्यालयहरूको साझा एजेन्डामा एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

    IMG-20260213-WA0022.jpg

    IMG-20260213-WA0084.jpg

    कार्यक्रमको सञ्चालन सचिव गोबिन्द पंगेनी गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रकाश मान शाहीले व्यक्त गर्नुभयो।

    IMG-20260213-WA0003.jpg

    उक्त कार्यक्रममा बिशिस्ट अतिथिको रुपमा हिसानका केन्द्रीय अध्यक्ष युवराज शर्मा कोषाध्यक्ष शिवप्रसाद अधिकारीलगाएत पदाधिकारी, जिल्लाका नेतृत्व तथा विभिन्न नगरहरुको सदस्य तथा विभिन्न स्कुल कलेजका प्रिन्सिपलहरुको उपस्थिति रहेको थियो।

    IMG-20260213-WA0051.jpg

    अधिवेशन पशचात नवनिर्वाचित अध्यक्ष जयराम चापागाईंले निजी विद्यालयहरूको हकहित संरक्षण, गुणस्तरीय शिक्षा प्रवर्द्धन र संस्थागत सहकार्यलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सबै सरोकारवालासँग सहकार्य गर्दै नगरस्तरमा शिक्षाको गुणस्तर उकास्ने लक्ष्य रहेको बताउनुभयो ।

    IMG-20260213-WA0058.jpgIMG-20260213-WA0088.jpgIMG-20260213-WA0049.jpgIMG-20260213-WA0072.jpgIMG-20260213-WA0046.jpgIMG-20260213-WA0054.jpgIMG-20260213-WA0112.jpgIMG-20260213-WA0126.jpgIMG-20260213-WA0102.jpgIMG-20260213-WA0121.jpg

     

    images
    शुक्रवार, फाल्गुण १ २०८२१२:४७:१४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार