Jul 27 2026 | २०८३, श्रावण ११ गते

द एक्सेल पब्लिक स्कुलमा उल्लासमय अभिभावक दिवस सम्पन्न

द एक्सेल पब्लिक स्कुलमा उल्लासमय अभिभावक दिवस सम्पन्न

  • 320
    SHARES

  • द एक्सेल पब्लिक स्कुलमा उल्लासमय अभिभावक दिवस सम्पन्न

    काठमाडौँ । नागार्जुनस्थित द एक्सेल पब्लिक स्कुलको अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ। शनिवार विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा अभिभावक, शिक्षक तथा विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    FB_IMG_1771160547705.jpg

    अभिभावक दिवस समारोहको सभापतित्व विद्यालयका प्रिन्सिपल तथा नागार्जुन प्याब्सनका अध्यक्ष वासुदेव घिमिरेले गर्नुभएको थियो भने प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठान सामाजिक शास्त्र विभाग प्रमुख प्राज्ञ डा. कौशिला रिसालले गर्नुभएको थियो।

    समारोहमा बोल्दै विद्यालयका प्रिन्सिपल तथा नागार्जुन प्याब्सनका अध्यक्ष वासुदेव घिमिरेले “विविधतामा एकता ल्याउनु नै शिक्षाको मूल उद्देश्य हो” भन्दै विद्यालय, शिक्षक र अभिभावकबीचको सहकार्यले मात्र विद्यार्थीको सर्वाङ्गीण विकास सम्भव हुने धारणा व्यक्त गर्नुभयो।

    FB_IMG_1771159937142.jpg

    उक्त समारोहमा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठान सामाजिक शास्त्र विभाग प्रमुख प्राज्ञ डा. कौशिला रिसालले विद्यालय र अभिभावकबीच निरन्तर संवाद आवश्यक रहेको बताउनुभयो। अभिभावकले आफ्ना बालबालिकाको प्रगति बुझ्न विद्यालयमा नियमित रूपमा सम्पर्क राख्नुपर्ने, शिक्षकहरूले पाठ्यवस्तु बुझ्ने गरी पढाउनुपर्ने तथा विद्यार्थीको क्षमता पहिचान गरी मार्गदर्शन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। साथै विद्यालयले विद्यार्थीको भौतिक र बौद्धिक क्षमताको निरन्तर मूल्याङ्कन गर्नुपर्ने र विद्यार्थीहरू सामाजिक सञ्जालको दुरुपयोगप्रति सचेत रहनुपर्ने सुझाव दिनुभयो।

    FB_IMG_1771159892991.jpg

    विशेष अतिथि तथा नागार्जुन नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव कृष्णबहादुर कुँवरले शिक्षा क्षेत्रमा गुणस्तर सुधार अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गर्नुभयो। उहाँले विद्यालयले शैक्षिक उपलब्धिसँगै अनुशासन, चरित्र निर्माण र व्यवहारिक सीप विकासमा ध्यान दिनुपर्ने बताउनुभयो।

    FB_IMG_1771159915121.jpg

    “स्थानीय तहले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको छ, विद्यालय र अभिभावकको सहकार्यबाट मात्र सकारात्मक परिवर्तन सम्भव हुन्छ,” उहाँले भन्नुभयो। साथै नियमित अनुगमन, पारदर्शिता र नतिजामुखी शिक्षण प्रणालीमार्फत उत्कृष्ट नतिजा हासिल गर्न सकिने धारणा राख्नुभयो।

    FB_IMG_1771159921238.jpg

    कार्यक्रममा प्याब्सन काठमाडौँका वरिष्ठ उपाध्यक्ष सुदर्शन थापा, नागार्जुन प्याब्सनका उपाध्यक्ष तथा चेतना सदन स्कुलका प्रिन्सिपल डी.बी. ढकाल, काठमाडौँ महानगरपालिकाका सहसचिव तथा द सनसाइन स्कुलका प्रिन्सिपल बाबुराम गौतम, नेसनल प्याब्सन काठमाडौँ महानगरका अध्यक्ष तथा कामना स्कुलका प्रिन्सिपल नवराज पाण्डे, नागार्जुन प्याब्सनका कोषाध्यक्ष तथा सञ्जीवनी स्कुलका निर्देशक हिरा खनाललगायतको उपस्थिति रहेको थियो।

    IMG-20260215-WA0011~2.jpg

    अभिभावक दिवस समारोहको सञ्चालन विद्यालय शिक्षिका शिला थापा श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रममा विद्यार्थीहरूले देशका विभिन्न संस्कृति झल्किने नृत्य, गायन तथा प्रहसन प्रस्तुत गरी उपस्थित अभिभावक तथा अतिथिहरूलाई मनोरञ्जन प्रदान गरेका थिए। आफ्नो बालबालिकाको प्रस्तुति देखेर अभिभावकहरु खुसी देखिन्थे । अभिभावक दिवस समारोहमा विद्यालयले ५० जना भन्दा बढी जेष्ठ नागरिकलाई समेत दोसल्ला ओढाएर सम्मान गरेको थियो। समारोह विविध सांस्कृतिक प्रस्तुति र सकारात्मक सन्देशले कार्यक्रम थप आकर्षक बनेको थियो।

    IMG-20260215-WA0012.jpg

    विद्यालयले अभिभावक दिवसलाई विद्यालय–अभिभावक सहकार्य सुदृढ गर्ने महत्वपूर्ण अवसरका रूपमा लिँदै विद्यार्थीको सर्वाङ्गीण विकासमा निरन्तर प्रतिबद्ध रहने जनाएको छ।

    FB_IMG_1771159946294.jpgFB_IMG_1771159924875.jpgFB_IMG_1771160918862.jpgFB_IMG_1771160924752.jpgFB_IMG_1771160927124.jpgFB_IMG_1771160940710.jpg

    images
    आइतवार, फाल्गुण ३ २०८२०६:४७:०४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार