Jul 27 2026 | २०८३, श्रावण ११ गते

बागमती प्रदेशस्तरीय नृत्य प्रतियोगिता, इलेन मेमोरियल स्कुल प्रथम

बागमती प्रदेशस्तरीय नृत्य प्रतियोगिता, इलेन मेमोरियल स्कुल प्रथम

  • 245
    SHARES

  • बागमती प्रदेशस्तरीय नृत्य प्रतियोगिता, इलेन मेमोरियल स्कुल प्रथम

    काठमाडौँ । प्याब्सन बागमती प्रदेशद्वारा आयोजित बागमती प्रदेशस्तरीय नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। शनिवार प्रदेशका १३ जिल्लाबाट सहभागिता जनाउँदै १९ विद्यालयले प्रतिस्पर्धा गरेका उक्त कार्यक्रममा कला, संस्कृति र प्रतिभाको उत्कृष्ट प्रदर्शन देखिएको थियो।

    कार्यक्रमका सभापति मुरारी प्रकाश संजेल रहनुभएको थियो भने प्रमुख अतिथिको रूपमा प्याब्सनका उपाध्यक्ष किशोर गौतमको उपस्थिति रहेको थियो। त्यसैगरी शिक्षा विकास तथा समन्वय इकाई धादिङका प्रमुख विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रम सञ्चालन बागमती प्रदेश सचिव जीवन पन्थीले गर्नुभएको थियो।

    प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै काठमाडौँको इलेन मेमोरियल स्कुलले प्रथम स्थान हासिल गरेको छ। सिन्धुपाल्चोकको प्राइभेट प्याराडाइज स्कुल दोस्रो स्थानमा रहँदा धादिङको एडभान्स एकेडेमी तेस्रो स्थानमा हासिल गर्न सफल भएको छ।

    त्यसैगरी धादिङकै सक्सेस एकेडेमीले चौथो स्थान प्राप्त गरेको आयोजकले जनाएको छ। सान्त्वना पुरस्कार प्राप्त गर्ने विद्यालयहरूमा काभ्रेको लिन इन्टरनेशनल बोर्डिङ स्कूल, धादिङको चिल्ड्रेन पार्क आवासीय मावि, भक्तपुरको ट्रि स्टार इङ्गलिस स्कूल, मित्र श्री पाठशाला तथा सक्सेस एकेडेमी रहेका छन्।

    प्रतियोगितामा विजेता तथा सान्त्वना पुरस्कारसहित ८ विद्यालय पुरस्कृत भएका थिए। कार्यक्रमले विद्यार्थीहरूमा नृत्य कला, आत्मविश्वास र सांस्कृतिक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

    प्रदेशस्तरमा यस्ता सिर्जनात्मक प्रतियोगिताले विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा र आपसी सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको

    images
    सोमवार, फाल्गुण ४ २०८२०७:४४:०६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार