Jul 27 2026 | २०८३, श्रावण ११ गते

माउन्ट ग्लोरीको गौरवशाली यात्रा : स्थापनाको ३०औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

माउन्ट ग्लोरीको गौरवशाली यात्रा : स्थापनाको ३०औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

  • 899
    SHARES

  • माउन्ट ग्लोरीको गौरवशाली यात्रा : स्थापनाको ३०औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

    काठमाडौँ, चागल–ताहचल । माउन्ट ग्लोरी इङ्लिस बोर्डिङ स्कुलले स्थापनाको ३०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस आइतबार काठमाडौँस्थित राष्ट्रिय नाचघर जमलमा भव्य सांगीतिक कार्यक्रमका साथ सम्पन्न गरेको छ। २०५२ साल माघ महिनाबाट शैक्षिक यात्रा सुरु गरेको विद्यालयले तीन दशकको निरन्तरता, अनुशासन र उत्कृष्टताको उत्सवका रूपमा समारोह आयोजना गरेको हो।

    IMG-20260217-WA0000.jpg

    वार्षिकोत्सव समारोह विद्यालयका संस्थापक प्राचार्य तथा प्याब्सनका राष्ट्रिय सहअध्यक्ष गोपाल प्रसाद आचार्यको सभापतित्वमा सम्पन्न भयो। कार्यक्रममा विशेष अतिथिका रूपमा प्याब्सन काठमाडौँ जिल्ला अध्यक्ष नवराज भट्ट र काठमाडौँ महानगरका अध्यक्ष गगनसिंह ऐरको उपस्थिति रहेको थियो। साथै अभिभावक, विद्यार्थी, पूर्वविद्यार्थी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो।IMG-20260217-WA0200.jpg

    समारोहको औपचारिक उद्घाटन सभापति आचार्यले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। राष्ट्रिय गान र गुरु वन्दनाबाट सुरु भएको कार्यक्रमले सुरुदेखि नै गरिमामय र भावुक वातावरण सिर्जना गरेको थियो।

    IMG-20260217-WA0009.jpg

    समारोहमा विद्यार्थीहरूले देशका सातै प्रदेशको सांस्कृतिक विविधता झल्किने नृत्य, गायन तथा प्रहसन प्रस्तुत गरी उपस्थित अभिभावक र अतिथिहरूलाई मन्त्रमुग्ध बनाएका थिए। विविध सांस्कृतिक प्रस्तुति र सकारात्मक सन्देशले कार्यक्रमलाई थप आकर्षक र स्मरणीय बनाएको थियो।

    कार्यक्रममा प्याब्सन काठमाडौँ जिल्ला अध्यक्ष नवराज भट्टले मन्तव्य दिनुभयो। उहाँले विद्यालयले गुणस्तरीय शिक्षा, अनुशासन र नैतिक मूल्यमान्यतामार्फत उत्कृष्ट शैक्षिक वातावरण निर्माण गरेको उल्लेख गर्नुभयो। मन्तव्यकै क्रममा पूर्वविद्यार्थी पदम वली र पारस विक्रम शाहले विद्यालयसँग जोडिएका आफ्ना पुराना सम्झना सुनाउँदै संस्थासँगको आत्मीय सम्बन्धलाई स्मरण गरेका थिए । माउन्टग्लोरीले आफूलाई सफल जीवनको बलियो आधार प्रदान गरेको स्मरण गरेका थिए ।

    IMG-20260217-WA0018.jpg

    कार्यक्रमको अन्त्यमा सभापति तथा संस्थापक प्राचार्य गोपाल प्रसाद आचार्यले तीन दशकको यात्रामा साथ दिने अभिभावक, शिक्षक तथा विद्यार्थीप्रति कृतज्ञता व्यक्त गर्दै विद्यालयलाई आगामी दिनमा अझ प्रविधिमैत्री, अनुसन्धानमुखी र नवप्रवर्तनशील शिक्षण पद्धतितर्फ अग्रसर गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। अभिभावक दिवस समारोहको सञ्चालन विद्यालयका प्रिन्सिपल इन्द्रकुमार राना मगरले गर्नुभएको थियो।

    IMG-20260217-WA0228.jpg

    विद्यालयले समयसापेक्ष शिक्षण प्रणाली अवलम्बन गर्दै ई–लाइब्रेरी, आईसीटी ल्याब तथा प्राथमिक उपचार कक्ष सञ्चालनमा ल्याएको जनाएको छ। हालसम्म यस विद्यालयबाट एसएलसी तथा एसईई उत्तीर्ण गरी धेरै विद्यार्थीहरू उच्च शिक्षा र विभिन्न पेशागत क्षेत्रमा सफलतापूर्वक स्थापित भइसकेका छन्। साथै, संस्कारसहितको जीवनोपयोगी शिक्षामा जोड दिँदै आगामी दिनमा रोबोटिक्स र एआईसँग आबद्ध शिक्षण कार्यक्रम विस्तार गर्ने योजना समेत सार्वजनिक गरिएको छ।

    IMG-20260217-WA0203.jpgIMG-20260217-WA0205.jpgIMG-20260217-WA0075.jpgIMG-20260217-WA0219.jpgIMG-20260217-WA0232.jpgIMG-20260217-WA0240.jpgIMG-20260217-WA0182.jpgIMG-20260217-WA0119.jpgIMG-20260217-WA0042.jpgIMG-20260217-WA0032.jpgIMG-20260217-WA0199.jpg

     

    images
    मंगलवार, फाल्गुण ५ २०८२१०:१६:२६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार