Jul 27 2026 | २०८३, श्रावण ११ गते

हिसान काठमाडौँ महानगर समितिको दोस्रो नगर अधिवेशन सम्पन्न; अध्यक्षमा महेश श्रेष्ठ निर्वाचित

हिसान काठमाडौँ महानगर समितिको दोस्रो नगर अधिवेशन सम्पन्न; अध्यक्षमा महेश श्रेष्ठ निर्वाचित

  • 1.2K
    SHARES

  • हिसान काठमाडौँ महानगर समितिको दोस्रो नगर अधिवेशन सम्पन्न; अध्यक्षमा महेश श्रेष्ठ निर्वाचित

    काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) काठमाडौँ महानगर समितिको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ। सोमबार धुम्बाराहीस्थित स्मार्ट होटेलमा महेश कुमार श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गर्दै सम्पन्न गरेको हो। अधिवेशनले दुई सदस्य पछि मनोनयन गर्ने निर्णयसमेत गरेको छ।

    IMG-20260216-WA0034~2.jpg

    अधिवेशन तत्कालीन अध्यक्ष प्रकाश श्रेष्ठको सभापतित्व तथा हिसानका संस्थापक पुर्व अध्यक्ष उमेश श्रेष्ठको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथी उमेश श्रेष्ठले निजी शिक्षालयहरूले राज्यलाई कर तिर्नुका साथै हजारौँलाई रोजगारी सिर्जना गरेको उल्लेख गर्दै शिक्षा क्षेत्र देश निर्माणको मेरुदण्ड भएको बताए। “हामीले राज्यको नियमअनुसार १० प्रतिशत छात्रवृत्ति प्रदान गर्दै आएका छौँ, तर निजी शिक्षालाई हेर्ने दृष्टिकोण अझै सकारात्मक बन्न सकेको छैन,” उनले भने। अब व्यक्तिगतभन्दा समूहगत रूपमा लगानी विस्तार गर्नुपर्ने, विश्वविद्यालय स्थापना जस्ता ठूला परियोजनामा सहकार्य गर्नुपर्ने र प्रविधिलाई शिक्षाको आधार बनाउनुपर्ने धारणा राखे।

    IMG-20260216-WA0083.jpg

    कार्यक्रममा केन्द्रीय अध्यक्ष युवराज शर्माले १० प्रतिशत छात्रवृत्ति कुनै व्यक्तिविशेषको निर्णय नभई कानुनी व्यवस्था अनुसार कार्यान्वयन हुँदै आएको स्पष्ट पारे। उनले अनिवार्य तथा नि:शुल्क शिक्षा ऐन, २०७५ अनुसार निजी विद्यालयहरूले छात्रवृत्ति उपलब्ध गराउँदै आएको उल्लेख गर्दै यसलाई राजनीतिक विषय नबनाउन आग्रह गरे। “हामी सधैँ विद्यार्थीको हितमा उभिएका छौँ। वडास्तरबाट कार्यान्वयन हुँदै आएको छात्रवृत्ति व्यवस्थालाई गलत रूपमा व्याख्या गर्नु उचित होइन,” उनले बताए।

    IMG-20260216-WA0102.jpg

    कार्यक्रममा प्रमुख सल्लाहकार रमेश सिलवालले आधारभूत शिक्षा सबल नभएसम्म समग्र शिक्षा प्रणाली सुदृढ नहुने बताए। “तलको शिक्षा राम्रो भयो भने माथिल्लो तह स्वतः बलियो हुन्छ,” उनले भने। उनले संगठनलाई आधारभूत तहबाटै मजबुत बनाउनुपर्ने धारणा राखे।

    IMG-20260216-WA0109.jpg

    डा. माधव बरालले ज्ञानमुखी शिक्षासँगै रोजगारमुखी र प्रविधिमैत्री शिक्षा आवश्यक रहेको उल्लेख गर्दै निजी क्षेत्रले गुणस्तरीय शिक्षा विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेको बताए।

    IMG-20260216-WA0116.jpg

    महासचिव रामहरि सिलवालले निजी शिक्षामा गरिएको लगानीको सुरक्षा राज्यले सुनिश्चित गर्नुपर्ने माग गरे। शिक्षा क्षेत्रमा राजनीतिक दलहरूको स्पष्ट धारणा आवश्यक रहेको उनले बताए।

    IMG-20260216-WA0054.jpg

    उक्त कार्यक्रम काठमाडौँ महानगर सचिव नन्दलाल पौडेलले सञ्चालन गरेका थिए। सभापति प्रकाश श्रेष्ठले प्रतिवेदन प्रस्तुत गरेका थिए भने निर्वाचन समितिका अध्यक्ष स्वागत श्रेष्ठको संयोजकत्वमा नयाँ नेतृत्व घोषणा गरिएको हो। उक्त कार्यक्रम हिसानका वरिष्ठ उपाध्यक्ष स्वागत श्रेष्ठ, उपाध्यक्ष आरबी अधिकारी, कोषाध्यक्ष शिव प्रसाद अधिकारीलगाएत केन्द्रिय पदाधिकारी, सदस्य, जिल्ला पदाधिकारी, सदस्य र विभिन्न कलेजहरुको संस्थापक तथा प्रिन्सिपलहरुको उपस्थिति रहेको थियो।

    IMG-20260216-WA0027.jpg

    अधिवेशनबाट निर्वाचित कार्यसमिति यसप्रकार छ—

    अध्यक्ष: महेश कुमार श्रेष्ठ

    उपाध्यक्ष: रुद्रमणि अधिकारी, केशव प्रसाद जोशी

    सचिव: नन्दलाल सुवेदी

    कोषाध्यक्ष: ज्ञानेन्द्र दवाडी

    सदस्यहरू: मुरारिराज अर्याल, डा. पुरुषोत्तम भण्डारी, राजु राई, डम्बर पाण्डे, र बन्धुराज तिमिल्सिना

    IMG-20260216-WA0134~2.jpg

    नवनिर्वाचित अध्यक्ष महेश श्रेष्ठले संगठनलाई अझ सशक्त बनाउँदै निजी शिक्षा क्षेत्रको हकहित संरक्षण, लगानीको सुरक्षा र प्रविधिमैत्री शिक्षा विस्तारमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    IMG-20260216-WA0004.jpgIMG-20260216-WA0047.jpgIMG-20260216-WA0087.jpgIMG-20260216-WA0125.jpgIMG-20260216-WA0111~2.jpg

    images
    मंगलवार, फाल्गुण ५ २०८२०९:०३:५५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार