Oct 02 2026 | २०८३, आश्विन १६ गते

तह–श्रेणी बेवास्ता गरिए निर्वाचन जिम्मेवारी नस्वीकार्ने : नेपाल शिक्षक महासङ्घको चेतावनी

तह–श्रेणी बेवास्ता गरिए निर्वाचन जिम्मेवारी नस्वीकार्ने : नेपाल शिक्षक महासङ्घको चेतावनी

  • 308
    SHARES

  • तह–श्रेणी बेवास्ता गरिए निर्वाचन जिम्मेवारी नस्वीकार्ने : नेपाल शिक्षक महासङ्घको चेतावनी

    काठमाडौं, फागुन २०। नेपाल शिक्षक महासङ्घले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा शिक्षकहरूलाई दिइएको जिम्मेवारीप्रति कडा आपत्ति जनाएको छ। महासङ्घले विज्ञप्ति जारी गर्दै शिक्षकहरूको तह, श्रेणी र पेशागत मर्यादालाई बेवास्ता गरी कनिष्ठ जिम्मेवारी तोकिएको भन्दै असन्तुष्टि व्यक्त गरेको हो।

    देशभरका विभिन्न मतदान केन्द्रमा निर्वाचन आयोगले शिक्षकहरूलाई खटाएको भए पनि उनीहरूको योग्यता र अनुभवअनुसार जिम्मेवारी नदिइएको गुनासो महासङ्घले गरेको छ। अध्यापन गरिरहेको तह र श्रेणीलाई दृष्टिगत गरी उपयुक्त जिम्मेवारी दिन पटक–पटक आग्रह गर्दा पनि विभेद दोहोरिएको महासङ्घको भनाइ छ।

    महासङ्घले यस विषयमा गम्भीर हुन आयोगसमक्ष जोडदार माग गर्दै तह, श्रेणी तथा मर्यादामा आघात हुने गरी दिइएका जिम्मेवारी सम्पन्न गर्न शिक्षकहरू बाध्य नहुने चेतावनीसमेत दिएको छ।

    images
    शनिवार, फाल्गुण ९ २०८२०८:३०:५९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार