Jul 27 2026 | २०८३, श्रावण ११ गते

कामना इन्टरनेसन स्कुल/ कलेजको १८औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

कामना इन्टरनेसन स्कुल/ कलेजको १८औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

  • 443
    SHARES

  • कामना इन्टरनेसन स्कुल/ कलेजको १८औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

    काठमाडौं — कामना इन्टरनेसन स्कुल तथा कलेजले आफ्नो १८औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका बीच सम्पन्न गरेको छ। बिहीवार कामना फाउन्डेसनका अध्यक्ष पदम प्रसाद भट्टराईको सभापतित्व तथा जिल्ला समन्वय इकाइका प्रमुख केशव ज्ञावली उपस्थितिमा वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो।

    IMG-20260221-WA0030.jpg

    अभिभावक दिवस समारोहमा विद्यालयका प्रधानाध्यापक नवराज पाण्डेले मन्तव्य व्यक्त गर्दै विद्यालयले गुणस्तरीय शिक्षा, अनुशासन र समग्र व्यक्तित्व विकासमा निरन्तर जोड दिँदै आएको बताउनुभयो। उहाँले अभिभावक र विद्यालयबीचको सहकार्यले विद्यार्थीको उज्ज्वल भविष्य निर्माण हुने धारणा राख्नुभयो।

    IMG-20260220-WA0019~2.jpg

    अभिभावक दिवस समारोहमा बोल्दै प्रमुख अतिथि केशव ज्ञावलीले शिक्षालाई समाज रूपान्तरणको आधारस्तम्भको रूपमा व्याख्या गर्दै संस्थाले विगत १८ वर्षदेखि शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो। उहाँले सामुदायिक समन्वय र गुणस्तरीय शिक्षाका लागि निरन्तर प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो।

    IMG-20260221-WA0058.jpg

    कार्यक्रममा The Voice of Nepal सिजन ७ की फाइनलिस्ट सन्जिता दुरालाई विशेष सम्मान प्रदान गरिएको थियो। साथै, विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो। उत्कृष्ट शिक्षकहरूलाई पनि सम्मानपत्र तथा पुरस्कार प्रदान गरियो।

    IMG-20260220-WA0063.jpg

    उक्त कार्यक्रममा बालबालिकाहरूले नेपालको विविध सांस्कृतिक परम्परा झल्काउने नृत्य तथा प्रहसन प्रस्तुत गरेका थिए। विद्यार्थीहरूको आकर्षक प्रस्तुति देखेर अभिभावकहरू अत्यन्तै खुसी र उत्साहित देखिन्थे।

    IMG-20260221-WA0023.jpg

    कार्यक्रममा विशेष अतिथिमा वडा १५ कि सदस्य मैयाँ लक्ष्मी महर्जन, नेसनल प्याब्सन का केन्द्रिय सचिव तथा फ्युचर स्टार स्कुलका प्रिन्सिपल मनोज श्रेष्ठ, नागार्जुन प्याब्सनका अध्यक्ष तथा द एक्सेल पब्लिक स्कुलको प्रिन्सिपल वासुदेव घिमिरे, सानका अध्यक्ष तथा लिटिल क्लाइम्बर्स स्कुलका प्रिन्सिपल दिलिप रेग्मी, सानका सचिव तथ सनसाइन स्कुल/कलेजका प्रिन्सिपल बाबुराम गौतम सानका सहसचिव तथा बराइट फिल्ड स्कुलका प्रिन्सिपल रोशन घिमिरे लगायत विभिन्न विद्यालयका प्रिन्सिपलहरूको उपस्थिति रहेको थियो।

    IMG-20260220-WA0005.jpg

    अभिभावक दिवसको अवसरमा विद्यालयले तथा कलेजले नि:शुल्क दन्त र आँखा परिक्षण शिविर सञ्चालन गरेको थियो। उक्त शिविरबाट उल्लेख्य विद्यार्थी तथा अभिभावकहरुले सेवा लिएका थिए। 

    IMG-20260220-WA0303.jpg

    उक्त कार्यक्रममा क्याम्पस प्रमुख महेश कुमार श्रेष्ठ विशेष सहभागितामा सम्पन्न कार्यक्रमको सञ्चालन उद्घोषक विशाल भट्टराईले गर्नुभएको थियो। कार्यक्रमको सुरुआत कलेज कोओर्डिनेटर लक्ष्मिकान्त खनालको स्वागत मन्तव्यबाट भएको थियो।

    IMG-20260221-WA0005.jpg

    कार्यक्रमको अन्त्यमा समापन सभापति पदम प्रसाद भट्टराईले गर्नुभएको थियो। उहाँले संस्थाको निरन्तर प्रगतिका लागि शिक्षक, कर्मचारी, अभिभावक र विद्यार्थी सबैको भूमिकालाई महत्वपूर्ण बताउँदै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    IMG-20260220-WA0545.jpg

    उक्त कार्यक्रमले शैक्षिक उपलब्धि, सांस्कृतिक विविधता र विद्यालय–अभिभावक सहकार्यको सन्देश प्रवाह गर्दै सफलतापूर्वक सम्पन्न भएको विद्यालय प्रशासनले जनाएको छ। 

    IMG-20260220-WA0576~2.jpgIMG-20260220-WA0028.jpgIMG-20260220-WA0385.jpgIMG-20260220-WA0166.jpgIMG-20260220-WA0051.jpgIMG-20260220-WA0132.jpgIMG-20260220-WA0338.jpgIMG-20260220-WA0336.jpgIMG-20260220-WA0352.jpg

    images
    शनिवार, फाल्गुण ९ २०८२०७:१८:०८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार