Oct 02 2026 | २०८३, आश्विन १६ गते

त्रिवि कानून संकायद्वारा एलएल.एम. तहमा निःशुल्क छात्रवृत्ति प्रदान गरिने

त्रिवि कानून संकायद्वारा एलएल.एम. तहमा निःशुल्क छात्रवृत्ति प्रदान गरिने

  • 293
    SHARES

  • त्रिवि कानून संकायद्वारा एलएल.एम. तहमा निःशुल्क छात्रवृत्ति प्रदान गरिने

    काठमाडौँ, फागुन ९ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत कानून संकायले एलएल.एम. तह (२०८०/०८१ समूह) विहानी सत्र प्रथम सिमेष्टरमा भर्ना भई हाल दोस्रो सिमेष्टरमा अध्ययनरत विद्यार्थीहरूका लागि निःशुल्क छात्रवृत्ति प्रदान गर्ने भएको छ। कानून संकाय विशेष शैक्षिक कार्यक्रम छात्रवृत्ति सम्बन्धी कार्यविधि, २०८२ अनुसार छात्रवृत्ति वितरण गरिने जनाइएको छ।

    कानून संकायले जारी गरेको सूचनाअनुसार इच्छुक विद्यार्थीहरूले सम्बन्धित क्याम्पसको एलएल.एम. शाखामा निवेदन पेश गर्नुपर्नेछ। छात्रवृत्ति अन्तर्गत जेहेन्दार तथा आरक्षित छात्रवृत्ति प्रदान गरिनेछ।

    आवेदकहरूले नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, एसईई/एसएलसी वा सो सरह उत्तीर्ण प्रमाणपत्र र चारित्रिक प्रमाणपत्र, कक्षा १२ वा प्रमाणपत्र तहको ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाणपत्र तथा कानून स्नातक तहको ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।

    आरक्षित कोटाअन्तर्गत छात्रवृत्ति दाबी गर्ने विद्यार्थीहरूले नेपाल सरकारले दुर्गम जिल्ला/क्षेत्र भनी तोकेको स्थानमा स्थायी बसोवास गरी सोही क्षेत्रको सरकारी वा सामुदायिक विद्यालयबाट कक्षा १० वा १२ उत्तीर्ण गरेको सिफारिस, आङ्गिक वा सामुदायिक क्याम्पसबाट स्नातक उत्तीर्ण गरेको सिफारिस तथा विपन्न, दुर्गम, दलित, जनजाति, अपाङ्ग, मधेशी, मुस्लिम, शहीद तथा जनआन्दोलनका घाइते पीडित परिवार भनी सम्बन्धित निकायबाट प्राप्त सिफारिससमेत पेश गर्नुपर्ने सूचनामा उल्लेख छ।

    आवेदन फाराम २०८२ साल चैत्र १० गते बुधबार दिनको ३:०० बजेभित्र एलएल.एम. शाखामा बुझाइसक्नुपर्नेछ। फाराम सोही शाखाबाट उपलब्ध हुने बताइएको छ।

    रीत नपुर्‍याई वा आवश्यक कागजात संलग्न नगरी पेश गरिएको आवेदन स्वतः रद्द हुने तथा छात्रवृत्ति प्रदान गर्ने वा नगर्ने सम्पूर्ण अधिकार क्याम्पसको छात्रवृत्ति समितिमा निहित रहने सूचनामा उल्लेख गरिएको छ।

    FB_IMG_1771825542156~2.jpg

    images
    सोमवार, फाल्गुण ११ २०८२११:३७:००

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार